१३ भदौँ, काठमाडौँ । अमेरीकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ८५ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा अमेरीकामा ४९ हजार ६ सय १ कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार १ सय ५ जनाको मृत्यु भएको छ ।
यससँगै अमेरीकामा कोरोना संक्रमितको संख्या ६० लाख ९६ हजार २ सय ३५ पुगेको छ भने संक्रमणबाट १ लाख ८५ हजार ९ सय १ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ भदौ १३ शनिवार ०९:१४ मा प्रकाशित





























