back
CTIZAN AD

सेनाका नितालाई स्वर्ण, दीपेन्द्रलाई रजत

वि.सं.२०७७ भदौ १६ मंगलवार

759 

shares

१६ भदौ काठमाडौँ । ‘प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) च्याम्यिनसिपमा नेपाली सेनाका निता गुरुङले स्वर्ण तथा सेनाकै दीपेन्द्र गुरुङले रजत पदक जितेकी छन् ।

महिला एकलतर्फ १८ वर्षदेखि ३० वर्ष उमेर समूहमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका निताले ६ दशमलव ७० अङ्क प्राप्त गर्दै स्वर्ण पदक जितेकी हुन् । सेनामा प्युठ दर्जामा कार्यरत निता गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्ण पदक विजेतासमेत हुन् । उनले १३ औँ सागकै स्वर्ण पदक विजेता सञ्जिला तिम्सिनालाई पराजित गरेकी थिइन् ।

दुवैबीच कडा प्रतिस्पर्धा भएको थियो । स्युचाटारको टोलीबाट खलेकी सञ्जिलाले ६ दशमलव ५६ अङ्क प्राप्त गर्दै रजत पदकमा चित्त बुझाइन् । सो स्पर्धामा मुलपानी क्लबका चन्दु शाहीले ६ दशमलव १६ अङ्क तथा दाङका सुनिता विष्टले ५ दशमलव ४३ अंकका साथ कास्य पदक प्राप्त गरेको प्रतियोगिताका निर्णायक अशोक खड्काले जानकारी दिए ।

यसैगरी पुरुषतर्फ १८ वर्षदेखि ३० वर्ष उमेर समूहमा सेनाको त्रिभुवन आर्मी क्लबका दिपेन्द्रले रजत पदकमै चित्त बुझाउनु प¥यो । सेनामा सिपाही दर्जामा कार्यरत उनी नेपाल प्रहरीका प्रेमबहादुर लिम्बूसित पराजित भए । प्रमुबहादुरले ६ दशमलव ७३ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जित्नुभयो । दीपेन्द्रले उक्त स्पर्धामा ६ दशमलव ५० अङ्क प्राप्त गरे ।

प्रहरीका प्रेमबहादुर र सेनाका दीपेन्द्र १३ औँ सागका कास्य पदक प्राप्त खेलाडी हुन् । सो स्पर्धामा मुलपानी क्लबका पुष्पप्रसाद गौतमले ६ दशमलव २० अङ्क तथा दोलखाका नोर्बु मोक्तानले ५ दशमलव ९६ अङ्क प्राप्त गर्दै कास्य पदक प्राप्त गरे ।

काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित उक्त प्रतियोगितामा १९ टोलीका १७० खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा अशोक खड्का, मीन न्यौपाने, हीराबहादुर थापा, नोर्बु लामा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

वि.सं.२०७७ भदौ १६ मंगलवार ०८:३८ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...