back
CTIZAN AD

डा. महाबिर पुनको स्वयम् सेवा, निःशुल्क रुपमा बन्यो गंगालाल अस्पतालको ७ वटा भेन्टिलेटर

वि.सं.२०७७ भदौ १९ शुक्रवार

1.1K 

shares

१९ भदौ, काठमाडौं । राष्ट्रिय आविस्कार केन्द्रका प्रमुख महाविर पुनले सहीद गंगालाल हृदयकेन्द्रको विग्रिएका ७ वटा भेन्टिलेटर मर्मत गरिदिएका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस र त्यसको संक्रमण नेपालमा पनि फैलिरहेका बेला डाक्टर, नर्स, एम्बुलेन्स चालकहरुको सुरक्षाका लागि निःशुल्क रुपमा पिपिइ ड्रेस वितरण गरिरहेका डा. महाविर पुनले भेन्टिलेटर मर्मत गरिदिएर अर्को उदाहरणीय काम गरेका छन् ।

शुक्रबार बिहानै सामाजिक संजालमा लेख्दै पुनले ७ वटा भेन्टिलेटर अस्पतालमै रहेको पाटपूर्जा प्रयोग गरेर मर्मत गरिदिएर चल्ने बनाएको र त्यो बनाउन लाग्ने झण्डै १ करोड रुपैयाँ खर्च हुनबाट बचाएको भन्दै लेखेका छन् ‘ यसरी झण्डै १ करोड रुपैयाँ जति बच्यो नि त, सबैले सकिन्छ भने नयाँ भेन्टिलेटरहरु अन्य मेडिकलका समानहरु प्नि किन्नुहोस् तर पुरानालाई सकेसम्म मर्मत गरिदिनुहोस् ।’

डा. पुनले लेखेका छन्
शहिद गंगालाल मुटु अस्पतालको ७ वटा बिग्रेका भेन्टिलेटहरु राष्ट्रिय आविष्कार केन्द्रका स्वयमसेवकहरुले मर्मत गरि राम्रो संग चल्ने बनाए । ति भेन्टिलेटहरु बनाउनको लागी चाहिने साधारण पार्टपुर्जाहरु त्यहि अस्पतालमा नै रहेछन । यसरी ७ वटा भेन्टिलेटर बनाउनको लागि एक पैसा पनि खर्च भएन । ६ जना भाईहरुको ४ दिनको मिहिनेत मात्र खर्च भयो ।

यस्तै कामको लागि भनेर मैले हिजो भारतमा बस्ने नेपालीहरुलाई भेन्टिलेटरको केहि पार्टपुर्जाहरु किनेर पठाई दिन अनुरोध गरेको थिएँ । सित्तैमा मागेको चाहिं होइन । हाम्रो अनुभव अनुसार एउटा बिग्रेको भेन्टिलेटर बनाउन १० हजार रुपैंया देखि ५० हजार रुपैंया सम्मको पाटटपुर्जाहरु फेर्यो भने काम गर्दो रहेछ अथवा अलि कति मर्मत सम्भार गरियो भने हुँदो रहेछ । यसरी अलिकति पैसा खर्च गरेर १५ लाख, २० लाख रुपैंया पर्ने भेन्टिलेटहरु बन्छन् भने किन नबनाउने ??? यसको लागी मदत चाहिन्छ भने राष्ट्रिय आविष्कार केन्द्रले सकेसम्म मदत गर्छ । सम्पर्क -9841592361

https://www.facebook.com/mahabir.pun/posts/10158687366525479

 

वि.सं.२०७७ भदौ १९ शुक्रवार ०९:१९ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...