back
CTIZAN AD

कविता : मल आयो रे

वि.सं.२०७७ भदौ १९ शुक्रवार

993 

shares

फाटेको टोपी, कछाड दौरा, मकैको भातमा
किसानि जीवन, मोहि र मकै परिवार साथमा।
दुई गाँस भात के खाको थिएँ ,फोन आयो नेताको
मल आयो गाउँमा लाईन बस्नु, लैजानु भेटाको।

खुसि भो मन, निकालि धन बस्नलाई लाईनमा
आएर खाउँला, नगर कर परिन्छ फाईनमा।
त्यो सानो छोरो, धान फल्छ भनी नाच्नमा थालेछ
चामलको भात खानि हो भन्दै मकै भात फालेछ।

बुढीया पनि, खुसिले होला फुरुक्क परेकी

मल ल्याई खेतमा, छर्नलाई भनी हतार गरेकी।
त्यो ठुली छोरी, धानमल सम्झि गित नै जुराई
सुन्नु न बाबा, यो मेरो कला, भनेर कुराई।
खेतको धान, नाच्दै पो होला, मल पाउँछु भनेर

कम्मर पनि भाँच्दै पो होला, पसाउँछु भनेर।

थैलो र डालो मल लिन भनी बोकेर हिँडियो
त्यै दौरा टोपी,तलमा कछाड झोला नि भिरियो।
त्यो लामो लाईन, दुई घण्टा देखि मल लिन भनेर
दाजु र भाइ, तल र माथि चिटिक्क बनेर।

अचानक यौटा, भुस्तिघ्रे आयो,लाईन मिचेर
साना र तिना,केटा र केटी ,सबैलाई किचेर।
म निर्धो किसान, हात छिटो चल्यो, बजाएँ कसेर
तालिमा लाए सबैले मलाई लाईनमै बसेर।

ऊ पनि के कम, हात छोड्यो फेरि टाउकोमै ताकेर
झन अघि बढ्यो यो बूढो जीउ हिलोमा फ्याकेर।
पुलिस भाइ आए, चौकिमा लय, डण्डाले चुटेर
मर्नै पो लायो, यो थोत्रो जीउ रगत बगेर।

दौडिदै छोरो च्यापेर उनी भेट्नलाई आईछन
पेट भोको मेरो ,नजरै छैन, मल खोज्न लाईछन।
त्यो सानो छोरो, बाबा खै मल झन मुटु चस्कियो
खेतको धान, सम्झेर रोएँ, सपना भत्कियो।

वि.सं.२०७७ भदौ १९ शुक्रवार १७:०१ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...