back
CTIZAN AD

साझा पार्टीको प्रश्न : ‘कोही भोकै बस्नु पर्दैन, कोही भोकै मर्दैन’ भन्ने प्रधानमन्त्री कहाँ छन् ?

वि.सं.२०७७ भदौ १९ शुक्रवार

783 

shares

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)का कारण विपन्न तथा न्यून आय भएका नागरिकहरुको जीवनयापनमा परेको कठिनाईप्रति साझा पार्टीले सरकारको ध्यानाकर्षण गरेको छ । शुक्रबार एक विज्ञप्ती सार्वजनिक गर्दैै साझाले लकडाउनका कारण निम्न वर्गीय नागरिकहरु चुल्हो बाल्ने नसक्ने अवस्थामा रहेको जानकारी गराएको हो ।

‘साँझ(विहान खान पनि नपाउने गरेर चरम कठिनाईमा परेका हजारौँलाई राजधानीसहित देशका विभिन्न भागमा मनकारी व्यक्ति तथा संस्थाहरूले खाना खुवाईरहेका दारूणिक दृश्य सार्वजनिक भईरहेका छन्’, साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकले विज्ञप्तीमा भनेका छन्, ‘दैनिक ज्यालादारी गरेर साँझ विहान छाक टार्नेहरूदेखि नियमित आयको स्रोत बन्द भएका निम्नमध्यम वर्गीय नागरिकहरूसम्म चुल्हो बाल्नै नसक्ने पीडादायी अवस्थाबाट गुज्रिएको लामो समय भइसक्यो।’

कयौँ नागरिक खान नपाएर र विरामीहरू अस्पताल नपाएर मर्ने अवस्था सिर्जना भएको बताउँदै पार्टीले यस्तो अवस्थामा पनि सरकार कमिसन, ठेक्कापट्टा, शक्ति संघर्ष, राजनीतिक षडयन्त्र र चुनाव हारेकालाई राष्ट्रिय सभामा लैजाने प्रपञ्चमा व्यस्त रहेको आरोप लगाएको छ ।

विज्ञप्तीमार्फत साझाले ‘कोही भोकै बस्नु पर्दैन र गरिबीका कारण कोही भोकै मर्दैन’ भन्ने प्रधानमन्त्री कहाँ छन् भनि प्रश्न पनि गरेको छ । ‘विपद्को घडीमा समेत जनतालाई राहत प्रदान गर्न मूलतस् व्यक्ति र संस्थाहरू नै चाहिने हो भने स्थानीय सरकार केका लागि हो ?’ साझाको प्रश्न छ, ‘‘अब कोही भोकै बस्नु पर्दैन, गरिबीका कारण कोही भोकै मर्दैन’ भन्ने प्रधानमन्त्री कसका लागि हुन् ? स्थानीय सरकार र अन्य सरकारी संयन्त्रलाई राहतका लागि निर्देशनमात्र दिएर पुग्दैन। खै उनीहरूले राहत पाएका ?’

साझाले देशभरी देखिएका कारुणकि अवस्थालाई तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेको छ । सरकारी संयन्त्रलाई तत्काल यथोचित सञ्चालन गरि राहत दिन साझाको माग छ ।

वि.सं.२०७७ भदौ १९ शुक्रवार १६:४७ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...