back
CTIZAN AD

‘विभु’ का पाँच मुक्तक

वि.सं.२०७७ भदौ २० शनिवार

1.4K 

shares


पवन रोज्नुहोस् वा गगन मर्जी हजुरको
शयन रोज्नुहोस् वा नयन मर्जी हजुरको
जे रोजे पनि तन मनले शान्ति पाउनु पर्छ
शीतल रोज्नुहोस् वा जलन मर्जी हजुरको ।


के को सुख पाइन्थ्यो र यहाँ अल्छी खोजेपछि
माछा मार्न गड्यौला बिनाको बल्छि खोजेपछि
विकास र समृद्धि छन् छरपस्ट रातो किताबमा
राजमार्ग छाडी उही पुरानो गल्छी खोजेपछि


कसरी छुट्याउनु सुन सक्कली की नक्कली कसी नभएपछि
कसरी पत्ता लगाउनु चोर हो वा सद्धे भनेर दसी नभएपछि
लेख्न त सधैँ असल कुरा मात्र लेख्न मन गर्छ नी यो मन
खोइ कसरी लेख्नु खराबलाई असल लेख्ने मसी नभएपछि


आगो होस् वा पानी यि दुवैको जवानी हुन्छ
तातो र चिसो बीचमा पनि प्रेम कहानी हुन्छ
हिम सुन्दरी हौं तिमी ज्वालालाई दिनु शीतलता
चुम्बन गरौं अधरमा हिम श्रृङ्खला सिरानी हुन्छ ।


सक्दैन निभाउन आगो यदि भने के काम त्यो पानीको
पाइन्न काम लाग्ने खनिज यदि भने के काम त्यो खानीको
बोल्दैन उ हेरिरहन्छ मात्र टुलु टुलु हुँदा झगडा पनि
बस्दछ मौन मात्र भएर यदि भने के काम त्यो ज्ञानिको

वि.सं.२०७७ भदौ २० शनिवार ०८:२८ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...