back
CTIZAN AD

गजल

वि.सं.२०७७ भदौ २० शनिवार

1.2K 

shares

लाली गुराँस झरेछ कि स्यूदो खाली खाली देखेँ,
चमक छैन मुहारमा, झनै काली काली देखेँ ।

पूर्ण चन्द्र जस्ती तिमी हाँसिदिन्थ्यौ सधै भरि,
खग्रासले छेके जस्तै तिमी यसपाली देखेँ ।

जिम्मेवारी थपिएछ सानो तिम्रो बगियामा,
हिजोसम्म दुईटा थियौ आज एउटै माली देखेँ ।

हाँस्न पनि फेरि कहाँ दिन्छ र यो समाजले !
मुखमा रामराम बगलीमा छुरा राख्ने जाली देखेँ ।

मन्को देउता सम्झीएर धाउँछ्यौ होला मन्दिरमा,
हिजो थियौ पशुपति आज दक्षिणकाली देखेँ ।

वि.सं.२०७७ भदौ २० शनिवार ०८:२६ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...