back
CTIZAN AD

कविता: मर्यादा

वि.सं.२०७७ भदौ २० शनिवार

849 

shares

हो आयो अनुरोध फेसबुकमा नौली परी दामिनी
हेर्दा विम्व भएँ भुतुक्क मनमा राम्री धनी कामिनी
केको साइत हेर्नु फुर्र मन भो दोस्ती भयो बात भो
लामो च्याट भयो विशेष हुन गो वार्ता मिठो रात भो
टाढाकी सजनी र एकल उनी तेत्तीस जम्मा चढ़ी
प्यारो बैंस अयुग्म जीवन भयो मर्का जवानी अडी
खोजी एक विकल्प भो रहर भो गाह्रो तगारो बढी
मान्छे हार्दिक प्रीत गीत मनको खोजी गरेकी छडी
पीड़ा त्यो मनको बुझेर कविता लेखेर यो पोस्ट भो
आयो एक कमेन्ट आज उनको योगी घना दोस्त भो
लेखी गीत अनेक प्रीत लयमा गाएँ उनी गायिका
दोहोरी गुलियो अचम्म चुलियो मायाँ परी नायिका
मर्यादा परिवार नाम गरिमा सम्झी विवेकी बनें
आए धेर परी गए मन हरी सारा कहानी भनें
आगो हो घर खान्छ जल्छ यसमा घर्की र अर्की गरे
यो हो रोग अनन्तकाल विरही गाह्रो हुने हो भरे
मेरो चाल बुझी परी कहरमा बोली हरायो गइन्
वार्ता च्याट गयो चरी वन उडी प्यारी विरानो भइन्
लीला यो युगको अनेक घरको जोगी सदा जोगियो
छोटो जीवनमा विचित्र रमिता के–के भयो भोगियो !

वि.सं.२०७७ भदौ २० शनिवार ०८:२२ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...