back
CTIZAN AD

नाटकमा अभिनय गर्दागर्दै संसार छोडे कलाकार फुयाँलले

वि.सं.२०७३ पुस २० बुधवार

990 

shares

bishnubhakta-phuyal१८ पुस, काठमाडौँ । रङ्गकर्मी एवम् कलाकार विष्णुभक्त फुयाँलको हृदयघातका कारण मंगलबार ७९ वर्षको उमेरमा निधन भएको छ ।

राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्कय’ मा अभिनय गर्दागर्दै स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा उहाँको निधन भएको हो ।

दुई घन्टाको सो नाटक सुरुवात भएको डेढ घन्टा पुगेपछि एक्कासि नाटक गर्दागर्दै बेहोस भई फुयाँल ढलेपछि तत्कालै वीर अस्पताल पु¥याइएको प्रत्यक्षदर्शीसमेत रहनुभएका सञ्चारकर्मी शिरोमणि दवाडीले जानकारी दिनुभयो ।

सत्यमोहन जोशीले लेख्नुभएको सो नाटकमा फुयाँलले राजा जनकको भूमिकामा अभिनय गर्दै हुनुहुन्थ्यो । चिकित्सकले फुयाँललाई हृदयघात भएको बताएका छन् । झन्डै पाँच दशकदेखि रङ्गक्षेत्रमा सक्रिय फुयाँल नाटकका साथै थुप्रै टेलिचलचित्र र चलचित्रमा अभिनय गर्नुभएको छ ।

वि.सं. १९९४ भदौ २३ गते भक्तपुरको थाकलमाटमा जन्मनुभएका फुँयाल राष्ट्रिय जनसांस्कृतिक महासंघनिकट जननाट्य मञ्चका पूर्व अध्यक्षसमेत हुनुहुन्थ्यो ।

नेपाल भाषाको टेलिशृङ्खला कर्मयाभोगमा २०१९ मा अभिनय गरी नाट्ययात्रा आरम्भ गर्नुभएका फुँयाल ‘अविरल बग्दछ इन्द्रावती’, ‘तीतो सत्य’लगायत टेलिशृङ्खलामा निर्वाह गरेको सशक्त भूमिकाका कारण चर्चित हुनुहुन्थ्यो । सुकुलगुण्डा, भत्केको सपना, कोरस, जनैको साँचो, कान्छा, आगोका झिल्का, नौलो डाँडालगायत उहाँद्वारा अभिनित नाटक लोकप्रिय छन् ।

उहाँले २०० भन्दा बढी सानो पर्दाका र ४० भन्दा बढी ठूलो पर्दाका चलचित्र एव्म पाँच सय भन्दा बढी नाटकमा अभिनय गरिसक्नुभएको बताइएको छ । फुयाँल लामो समयदेखि सुगर र युरिक एसिडबाट पीडित हुनुहुन्थ्यो । उहाँका तीन छोरा छन् ।

वि.सं.२०७३ पुस २० बुधवार ०३:२६ मा प्रकाशित

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक, दर्शकहरूको उत्साह चरममा

काठमाडौं  । नेपाली चलचित्र ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार’...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

यज्ञ सापकोटाको खाइयो कसम सार्वजनिक, छोटो समयमै दर्शकको ध्यान खिच्दै

काठमाडौँ । नेपाली लोकसंगीत क्षेत्रमा नयाँ गीत ‘खाइयो कसम’ सार्वजनिक...

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

चलचित्र पत्रकार सङ्घको शाखा विस्तार तिव्रः १०औँ केन्द्रीय महाधिवेशनको तयारी हुँर्दै

काठमाडौँ । चलचित्र पत्रकार सङ्घले चलचित्र र कला–संस्कृतिका गतिविधिलाई राष्ट्रियस्तरमा...