back

मेरा पाँच मुक्तक

वि.सं.२०७७ भदौ २७ शनिवार

3.6K 

shares

(१)
कस्तो होला जीबन मेरो, तिमी साथमा हुँदाखेरि
मायाँ गर्दै घरि घरि, तिम्रो हातले छुँदाखेरि
सुख हुँदा संसार साथमा, दुःख पर्दा को हुन्छ र
तिमी नै हौ आँशु पुछ्ने, यहाँ मैले रुँदाखेरि
(२)
म त्यो हृदयमा छु, जानेरै मन पराए
हजारौ मा हिरा, छानेरै मन पराए
बिस्वास को दियो, जलायर मनमा
मुटु टुक्र्याउने छैनौ, मानेरै मन पराए
(३)
किन लाग्छ मलाई तिम्रो, साथ सुमधुर
साँझ बिहान दिन अनि, रात सुमधुर्
सारा संसार भुलाई दिने, लठ्ठै पारिदिने
लाग्छन मलाई तिम्रा हर, बात सुमधुर
(४)
अमृत जस्तो मिठो बोली, उस्तै राम्रो तिम्रो बानी
मनकी पनि सफा तिमी, मायाँकी झन् रैछौ खानी
तिमी जस्ती मान्छे पाए, मैले संसार जित्न सक्छु
आऊ तिमी यो जीबनमा, बनाईराख्छु मनकी रानी
(५)
तिम्रो घरको बाटो हिंड्दा, झ्यालको पर्दा खुलेन भने
चिहाई चिहाई मलाई हेर्दै, तिम्रो नजर डुलेन भने
घाम डुबेर दिउँसै रात, परे जस्तै लाग्छ मलाई
तिम्रो दिलमा मेरो नामको, रातो गुलाफ फूलेन भने

वि.सं.२०७७ भदौ २७ शनिवार ०९:३९ मा प्रकाशित

Himalayan Life AD
कविता- प्यारो भकारो

कविता- प्यारो भकारो

अहङ्कारी आग्लोमा उभिएर अग्लिएको मान्छे म वरिपरि हेर्नु छैन मैले...

जूनताराहरूको खोजीमा

जूनताराहरूको खोजीमा

उ शीत बटुल्न उड्यो बिहानझिसमिसेमै चरासँगै आकाश छुँदै क्षितिजपारिपारि सपनाको...

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ...

क्यानडामा कार्यरत कवि अर्यालको “अङ्कुर“ कवितासङ्ग्रह विमोचन

क्यानडामा कार्यरत कवि अर्यालको “अङ्कुर“ कवितासङ्ग्रह विमोचन

स्याङ्जा, त्रियासी । कवि राधिका अर्याल (राधा) को पहिलो साहित्यिक...

सुसेली : यमपञ्चक

सुसेली : यमपञ्चक

दुर्गा अधिकारी भमरकोटे, हाल कपन १. हाम्रो चाहाना तिहारको सबैमा...

झिल्का कविता

झिल्का कविता

प्रमोद नेपाल, वीरगञ्ज, हाल- काठमाडौँ १) गरौँ श्रीकृष्णको जय पालनहार...