
भालेको डाकसँगै
मुस्कुरायो त्यो बिहानी
दौडाहा शुरु जिन्दगीको ।
दैनिकी उस्तैउस्तै
फेरिएन जिन्दगानी
कठिन रहेछ जिउन ।
जिन्दगी र पलाँस
न लक्ष्य न त सुवास
गन्तब्यहिन भयो यात्रा ।
दौडाहा चलिरह्यो
होडबाजीमा जिन्दगी
हार र जितको दोसाँध ।
पुर्खाका सम्पत्तिमा
दाजुभाईको झगडा
छिमेकीका दन्त बजान ।
बिहानीको सिरेटो
केही मीठा यादहरू
चसक्क दुख्यो मुटु आज ।
बाउको सम्पत्तिमा
छोराछोरीको रजाईं
आत्मनिर्भरता नै हरायो ।
गोदावरी न पा वडा नं -९ छम्पी
वि.सं.२०७७ भदौ २७ शनिवार ०९:३६ मा प्रकाशित





























