back
CTIZAN AD

मेरा पाँच मुक्तक

वि.सं.२०७७ भदौ २७ शनिवार

4.6K 

shares

(१)
कस्तो होला जीबन मेरो, तिमी साथमा हुँदाखेरि
मायाँ गर्दै घरि घरि, तिम्रो हातले छुँदाखेरि
सुख हुँदा संसार साथमा, दुःख पर्दा को हुन्छ र
तिमी नै हौ आँशु पुछ्ने, यहाँ मैले रुँदाखेरि
(२)
म त्यो हृदयमा छु, जानेरै मन पराए
हजारौ मा हिरा, छानेरै मन पराए
बिस्वास को दियो, जलायर मनमा
मुटु टुक्र्याउने छैनौ, मानेरै मन पराए
(३)
किन लाग्छ मलाई तिम्रो, साथ सुमधुर
साँझ बिहान दिन अनि, रात सुमधुर्
सारा संसार भुलाई दिने, लठ्ठै पारिदिने
लाग्छन मलाई तिम्रा हर, बात सुमधुर
(४)
अमृत जस्तो मिठो बोली, उस्तै राम्रो तिम्रो बानी
मनकी पनि सफा तिमी, मायाँकी झन् रैछौ खानी
तिमी जस्ती मान्छे पाए, मैले संसार जित्न सक्छु
आऊ तिमी यो जीबनमा, बनाईराख्छु मनकी रानी
(५)
तिम्रो घरको बाटो हिंड्दा, झ्यालको पर्दा खुलेन भने
चिहाई चिहाई मलाई हेर्दै, तिम्रो नजर डुलेन भने
घाम डुबेर दिउँसै रात, परे जस्तै लाग्छ मलाई
तिम्रो दिलमा मेरो नामको, रातो गुलाफ फूलेन भने

वि.सं.२०७७ भदौ २७ शनिवार ०९:३९ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...