back
CTIZAN AD

एकलाख ५० हजार बढी रकम सहित १० जुवाडे पक्राउ

वि.सं.२०७७ भदौ २८ आइतवार

843 

shares

२८ भदौ, काठमाडौं । झापा, दमक नगरपालिका-३ बेलडागी बस्ने मनु गुरुङको घरमा तास खेलिरहेका ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३८ वर्षीय प्रकाश राई, ३६ वर्षीय नरेश दाहाल, ३६ वर्षीय कुमार तामाङ, बिर्ख मान राई र २४ वर्षीय शन्तबीर तामाङ रहेका छन् । तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले १ लाख ५७ हजार रुपैयाँ र १ बुङ तास सहित उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै दाङ, घोराही उपमहानगरपालिका–१५ पाठकचोक बस्ने याम बहादुर थापाको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३१ वर्षीय राजेन्द्र केसी लगायत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त घरमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले ३ गड्डी तास र ३० हजार ३ सय ९५ रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७७ भदौ २८ आइतवार १३:१९ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...