२९ भदौ, काठमाडौं । बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।
भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएर उपचार गराएकी कपिलवस्तुको शिवराज नगरपालिका ५ की ४७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट डा राजेन्द्र प्रसाद खनालका अनुसार मिर्गौलाको डाइलासिस गराइरहेकी उनको कोभिड– १९ संक्रमणका कारण सोमबार बिहान साढे ४ बजे मृत्यु भएको हो ।
उक्त अस्पतालमा हालसम्म ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमा आइसीयुमा १७ जना रहेका छन् भने अन्य नर्मल वार्डमा उपचाररत रहेको समेत डा. खनालले संसारन्युजलाई जानकारी दिए ।
वि.सं.२०७७ भदौ २९ सोमवार ०९:४८ मा प्रकाशित






























