आत्महत्या गरेको अवस्थामा भेटिएका वलिवुड नायक सुशान्त सिंह राजपुतको केस अनुसन्धानका क्रममा एकपछि अर्को गर्दै नयाँ कुराको खुलासा भइरहेको छ ।
सुशान्तकी प्रेमिका भनिएकी रिया चक्रवर्तिले सुशान्तका लागि ड्रग्स खरिद गर्ने काम आफूले गर्ने गरेको स्वीकारेपछि उनी यतिबेला १४ दिनको न्यायिक हिरासतमा छन् ।
ड्रग्सको केसमा एकपछि अर्को व्यक्तिको नाम आइरहेको बेला अभिनेत्री सारा अलि खान र सुशान्तले सँगै बसेर चुरोट पिएको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनेको छ । यद्यपी उनले ड्रग्स मिसाइएको चुरोट पिइरहेकी थिइन् वा त्यो नर्मल चुरोट हो भन्ने कुरा भने स्पष्ट भएको छैन ।
सुशान्त सिंह राजपुतसँग उनको फार्महाउसमा सारा र सुशान्त सिगरेट पिइरहेको भिडियो सार्वजनिक भएको हो । भारतीय संचारमाध्यमका अनुसार उक्त भिडियो फार्म हाउसका स्टाफले नै ड्रोनको सहयोगमा खिचेका थिए । रियाले सुशान्तका लागि ड्रग्स किन्ने गरेको स्वीकारेपछि सार्वजनिक भएको साराको यो भिडियोले उनलाई समस्यामा पार्ने बताइएको छ ।
उक्त भिडियो २०१८ मा केदारनाथ फिल्मको प्रमोसनका बेला लिइएको बताइएको छ । उनीहरु फिल्म प्रमोसनमा व्यस्त रहेका बेला धेरैजसो उक्त फार्म हाउसमा जाने गरेको बताइएको छ ।
फार्महाउसका केयर टेकर रहेका रइस नामका व्यक्तिले पनि यसबारेमा गरिएको कुराकानीमा सारा २०१८ देखि सुशान्तको फार्म हाउसमा जाने गरेको र त्यहाँ तीन–चार दिन बिताउने गरेको बताएका छन् । ‘ डिसेम्बर २०१८ मा थाइल्याण्डबाट फर्किएपछि सुशान्त सर र सारा म्याम एयरपोर्टबाट सिधा फार्म हाउसमा आएका थिए । उक्त समय रातको १० देखि ११ बजेसम्म बसेका थिए । उनीहरुसँग अन्य साथीहरु पनि थिए ।’ रइसले भनेका छन् ।
एक रिर्पोटका अनुसार नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) सँग ड्रग्स केसबारेमा दिइएको बयानमा रियाले २० पेज लामो स्टेटमेन्टमा २५ वलिवुड कलाकारको नाम खुलाएको बताइएको छ । जसमा सारा अली खान, रकुल प्रीत सिंह र फेशन डिजाइनर सिमोन खंबाटाको नाम पनि रियाले बताएकी थिइन् ।

रियाले सुशान्तका साथी र पूर्व मेनेजर रोहिणी अथ्थरको पनि नाम लिएको बताइएको छ भने एनसीबीले भने यसको खण्डन गर्दै रियाले कुनै पनि बलिवुड कलाकारको नाम नलिएको बताएको छ । एनसीबीले सुशान्तको फार्म हाउसमा छापा मार्ने क्रममा औषधि, एस्ट्रे र हुक्का जस्ता सामान फेला पारेको छ जुन ड्रग्स लिने क्रममा प्रयोग गरिने समान रहेको बताइएको छ ।
भाडामा लिइएको उक्त फार्म सुशान्त रिया, सिद्धार्थ पिठानी, स्यामुअल मिरान्डा र अन्य मिलेर पार्टी गर्ने गरेको बताइएको छ । उनीहरु सुशान्त डिप्रेशनमा रहेका बेला पनि उनीहरुले पार्टी गर्ने गरेको रिर्पोटमा बताइएको छ । ऐजेन्सीको सहयोगमा
सुशान्तको सम्झनामा उनकी पूर्वप्रेमिका अंकिताले रोपिन् विरुवा
वि.सं.२०७७ भदौ ३० मंगलवार १४:०८ मा प्रकाशित





























