back
CTIZAN AD

असोज ३ गते विश्वभरिका ईलामेलीहरु जुट्दै

वि.सं.२०७७ भदौ ३० मंगलवार

948 

shares

३० भदौ, काठमाडौं । कोरोना माहामरीका बीच पनि इलामेलीहरुको विश्व भेला हुने भएको छ । यहि असोज ३ गते शनिबार (तदनुसार सेप्टेम्बर १९, २०२०) का दिन साँझ ५.३० बजे वेवनार मार्फत उक्त भेला हुन लागेको हो ।

जिल्ला समन्वय समिति इलामको संयोजनमा सो भेला हुन गैरहेको बताईएको छ । भेलाको तयारीमा इलामेली समाज प्रदेश नं. १, इलाम विकाश समाज, काठमाडौ तथा ईलाम जन्मथलो भई संसारभरी कर्मथलो बनाएका ईलामेलीहरु संबद्ध संघसंस्थाहरु जुटेका छन् । सो भेला आयोजनाको संयोजकको रुपमा जिल्ला समन्वय समिति ईलामका प्रमुख गणेश बराल रहेका छन् ।

त्यस्तै सदस्यहरुमा राधेश्याम लेकाली, कृष्ण शाह, मोहनकुमार सुवेदी, प्रदीप घिमिरे, ईश्वर श्रेष्ठ, अर्जुन श्रेष्ठ, सरस्वती कर्माचार्य, यशोदा कायस्थ, तिलत्तोमा खत्री रहेका छन् । सदस्य सचिवमा भने अर्जुन भट्टराई रहेका छन् ।

भेलाको उद्देश्य इलामको स्वास्थ्य, शिक्षा, कृषि, र पर्यटनको प्रवद्र्धनमा केन्दित्र हुने ईलामेली समाज सुनसरीका सचिब सुरेन्द्र घिमिरेले जानकारी दिएका छन ।

सो कार्यक्रममा पूर्ब प्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनाल, पूर्व सभामुख सुवास चन्द्रनेम्बाङ, नेपाली कांग्रसका नेता केबी गुरुङ सहितको सहभागिता रहने आयोजकले जानकारी दिएका छन् ।

वि.सं.२०७७ भदौ ३० मंगलवार १५:५२ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...