असोज १, काठमाडौँ । अमेरीकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो ।
पछिल्लो २४ घण्टामा अमेरीकामा ४० हजार १ सय ५४ कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ हजार १ सय ५१ जनाको मृत्यु भएको छ ।
यससँगै अमेरीकामा कोरोना संक्रमितको संख्या ६८ लाख २८ हजार ३ सय १ पुगेको छ भने संक्रमणबाट २ लाख १ हजार ३ सय ४८ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ असोज १ बिहीवार १४:०५ मा प्रकाशित






























