back
CTIZAN AD

पूर्वसभामुख महरालाई नेकपाभित्र सक्रिय भूमिका दिने तयारी हुँदै

वि.सं.२०७७ असोज १ बिहीवार

726 

shares

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई नेकपाभित्र सक्रिय भूमिका दिने गरि तयारी थालिएको छ । शुक्रबार बस्ने सचिवालय बैठकमा उनको विषयबारे छलफल हुने नेकपा स्रोतले जनाएको छ ।

नेकपाले शुक्रबार बिहान ११ बजे सचिवालय बैठक बोलाएको छ । बैठक साबिक माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ । जसको अध्यक्षता पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् ।

न्यूनतम स्थायी समितिमा लैजाने तयारी

नेकपा स्रोतले जनाएअनुसार महरालाई न्यूनतम स्थायी समिति सदस्यका रुपमा भूमिका दिने गरि पार्टीभित्र छलफल भएको छ । पटक–पटक मन्त्री र सभामुखसमेत भएका उनलाई स्थायी समिति सदस्यसँगै कुनै विभागको पनि थप जिम्मेवारी दिइनेछ ।

पार्टी एकता हुनु पूर्व नै सभामुख भएका महरा एकतापूर्व नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य थिए । उनी ०७४ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । ०७४ को फागुन २५ मा उनि सभामुखमा निर्वाचित भएका थिए ।

नेकपा स्रोतले जनाएअनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महराको बारे पार्टीभित्र छलफल चलाईरहेका छन् । केहि समय अघि उर्जामन्त्रीको समेत जिम्मेवारीमा रहेका नेकपा नेता वर्षमान पुन महरालाई भेट्न रोल्पा पुगेका थिए । उनले महरासँग विशेष छलफलसमेत गरेका थिए ।

बलात्कार प्रयासको अभियोग लागेको थियो महरामाथि

पूर्वसभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेको थियो । जुन मुद्दामा उनि १३५ दिनसम्म थुनामा समेत बसेका थिए ।

बलात्कार प्रयासको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई २०७६ फागुन ५ मा निर्दोष सावित गर्दैै थुनामुक्त गरेको थियो । सार्वजनिक सञ्चार माध्यममा समाचार प्रकाशित भएसँगै पक्राउ परेका उनी पीडित भनिएकी महिलाले नै आफुँ पीडित नभएको जिकिरसहित अदालतमा बकपत्र प्रस्तुत गरेसँगै निर्दोष साबित भएका थिए ।

महराले आफुँमाथि आरोप लागेसँगै सभामुख पदबाट राजीनामा दिएका थिए । संघीय संसदमा निलम्बनमा परेको उनको पद सफाई पाएसँगै फुकुवा भएको छ ।

वि.सं.२०७७ असोज १ बिहीवार १४:०७ मा प्रकाशित

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले दिए राजीनामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका...

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

सभामुखको रुलिङपछि हट्यो संसद्को गतिरोध

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर लामो समयदेखि...

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

रवि लामिछानेले बोलाए रास्वपा केन्द्रीय समिति बैठक, पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी...

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...