back
CTIZAN AD

यी हुन आईपिएलमा सर्वाधिक सतक बनाउने ५ खेलाडी

वि.सं.२०७७ असोज ६ मंगलवार

819 

shares

६ असाेज, काठमाडौँ । कोरोना भाइरसको महामारीका कारणले गर्दा यस वर्षको आईपिएल युएईमा भईरहेको छ । आईपिएलको १३ औँ सिजन सम्म ३४ खेलाडीहरुले सतक बनाएका छन । सबै भन्दा धेरै सतक बनाउने खेलाडीको सुचिमा पहिलो स्थानमा वेस्टइंडिजमा ब्याट्सम्यान क्रिस गेल रहेका छन भने दोस्रो स्थानमा भारतीय कप्तान विराट कोहली रहेका छन ।

आईपिएलमा सर्वाधिक सतक बनाउने ५ खेलाडीहरुको नाम यस प्रकारको रहेको छ :

१. क्रिस गेल

वेस्टइंडिज तथा किंग्स इलेवन पंजाबका विस्फोटक ओपनिङ्ग ब्याट्सम्यान क्रिस गेल यस सुचिको पहिलो नम्बरमा रहेका छन । उनले आईपिएलमा १२५ खेल खेल्दैँ ६ सतक २८ अर्धसतक बनाएका छन ।

२. विराट कोहली

भारतीय क्रिकेट टिम र रोयल च्यालेन्जर्स बंगलोरका कप्तान विराट कोहली यस सुचिको दोस्रो नम्बरमा रहेका छन । विराट कोहलीले आईपिएलमा १७८ खेल खेलेका छन जसमा उनले ५ सतक र ३६ अर्धसतक बनाएका छन । काेहली आईपिएलमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन ।

३. डेविड वार्नर

अष्ट्रेलियन क्रिकेट टिमका ओपनर र सनराइजर्स हैंदराबादका कप्तान डेविड र्वानर आईपिएलमा सर्वाधिक सतक बनाउने खेलाडीको सुचीमा तेस्रो नम्बरमा रहेका छन । उनले आईपिएलमा १२७ खेल खेल्दैँ ४ सतक र ४४ अर्धसतक बनाएका छन । उनी आईपिएलमा सर्वाधिक अर्धसतक बनाउने खेलाडी समेत हुन ।

४. शेन वाटसन

अष्ट्रेलियाका पूर्वक्रिकेटर तथा चेन्नाई सुपर किंग्सका ओपनर शेन वाटसन यस सुचिको चौँथो नम्बरमा रहेका छन । शेन वाटसनले आईपिएलमा १३५ खेल खेल्दैँ ४ सतक र १९ अर्धसतक बनाएका छन ।

५. एबी डि भिलियर्स

दक्षिण अफ्रिकाका पूर्वाखेलाडी तथा रोयल च्यालेन्जर्स बंगलोरका विस्फोटक ब्याट्सम्यान एबी डि भिलियर्स यस सुचिको पाँचौ नम्बरमा रहेका छन । उनले आईपिएलमा १५५ खेल खेल्दैँ ३ सतक र ३४ अर्धसतक बनाएका छन ।

वि.सं.२०७७ असोज ६ मंगलवार १४:१८ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...