७ असोज, काठमाडौं । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्ययम वर्षा भईरहेको छ ।
आज दिउसो देशभर सामान्यदेखि पुर्णतया बदली रही देशका घेरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका थोरै/थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ र कर्णाली प्रदेशका १\२ स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि मौसम तथा पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
त्यस्तै पछिल्लो ६ घण्टा झापाको चन्द्रगढी, ईलाम झापाको सीमा मैनाचुली लगायत झापाको धेरै स्थानमा ठूलो बर्षा भएको र थप हुने पनि महाशाखाले जनाएको छ ।
मेची, निन्दा, बिरिङ, मावा/रतुवा, कन्काईको तल्लो तटिय क्षेत्रका साना खोलामा आकस्मिक बाढी हुन सक्ने हुनाले १२ बजे सम्म सतर्क रहन पनि महाशाखाले अनुरोध गरेको छ ।
हेर्नुहोस् रातो कलरले मार्क गरिएका नदीहरुमा उच्च जोखिम रहेको छ

वि.सं.२०७७ असोज ७ बुधवार ०८:५७ मा प्रकाशित






























