back
CTIZAN AD

मेरा पाचँ मुक्तक

वि.सं.२०७७ असोज १० शनिवार

798 

shares

(१)
देशमै श्रम गर्छु म त, आफ्नै ज्यानको हड्डी घोटी
ढिंडो आँटो सिस्नो अनि, खान्छु कोदो फापर रोटी
मेरो लागि देश भन्दा, ठूलो कुरा केही छैन
शिरमा राखी मातृभूमी, प्रणाम गर्छु कोटी कोटी ..
(२)
जसले दाईजो खोज्छ बाबा, मलाई त्यस्तो वर नखोज
मलाई जिउँदै आगो लाउने, त्यति दुष्ट घर नखोज
शिक्षा दिए सक्षम हुन्छु , आफैं जीबन धान्न सक्छु
बिन्ति बाबा मलाई पाल्न, कोही कसैको भर नखोज …
(३)
आफ्नै मुटु जस्ता सन्तान, पखेंटा लाग्दा उडेर गए
मेरै छाति राजमार्ग बनाई, गन्तब्य तर्फ गुडेर गए
सन्तान ठूला भए भनें, हेर्छन भन्नु गल्ती रहेछ
तर आज बदलामा मेरा, सारा खुशि चुडेर गए …
(४)
आमा सँग छुट्टिई बसें, मैले बिहे गरेपछि
श्रीमती र आमाको बिचमा, सधै झगडा परेपछि
श्रीमतीलाई काखि च्यापी, पर परै पार्थें आमा
पश्च्चाताप पो लाग्न थाल्यो, अहिले आमा मरेपछि …
(५)
तिम्रो घरको बाटो हिंड्दा, झ्यालको पर्दा खुलेन भने
चिहाई चिहाई मलाई हेर्दै, तिम्रो नजर डुलेन भने
घाम डुबेर दिउँसै रात , परे जस्तै लाग्छ मलाई
तिम्रो दिलमा मेरो नामको, रातो गुलाफ फूलेन भने …

वि.सं.२०७७ असोज १० शनिवार ०९:२६ मा प्रकाशित

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

’भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

दाङ । दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार...

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज ) बाणगंगा १ चार नम्बर कपिलवस्तु...

गजल

गजल

सुधिर थापा, कुपण्डोल , काठमाडौँ खुसी बन्दै झुम्याै कस्तो तिमी...

सुसेली

सुसेली

पिँडालु पण्डित, नुवाकोट १. खाए शपथ सबै बिर्से लुँड्याए भयो...

गजल

गजल

उत्तम विचार, काठमाडौँ गरिब आकाश ओढ्दै छन् सहरमा टन्न घर...

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...