back
CTIZAN AD

परदेशीएकाहरुको पीडालाइ समेटेर बनाइएको दशैं गीत ‘परदेशिको समाचार’ सार्वजनिक

वि.सं.२०७७ असोज १३ मंगलवार

969 

shares

नेपालीको महान् पर्व बडादशैँ नजिकिएको छ । दशैँ नजिकिएसँगै दशैँलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् ।
यसै क्रममा यसपालीको वडादशैँलाई लक्षित गरिएको दशैँ गीत परदेशिको समाचार सार्वजनिक भएको छ ।

गीतकार नवीन पन्तको शब्द रहेको उक्त गीतमा शान्ती श्री परियार, रमन रायमाझीको स्वरमा भरेका छन् । ‘परदेशीको समाचार’ गीत दशैँ तिहारलाई मध्यनजर गरि सार्वजनिक गरिएको गीतमा सिद्धान्त परियारले लय भरेका छन् ।

म्यजिक भिडियो पि.के इन्टरटेनमेन्टको प्रस्तुतिमा रहेको उक्त गीत सोमबार सार्वजनिक गरिएको हो । नरेश सिंह चैरिसको छायांकन र मनिस कार्कीको सम्पादनमा तयार भएको यस गीतमा चाडपर्वमा आफ्नो गाउँ घर र परिवार सम्झेर परदेशमा आफ्नो जीवन बिताउने परदेशीहरुको पीडालाई दर्शाइएको छ ।

गीतमा लक्ष्मण चौलागाईं, नवीन पन्त, कसिस दाहाल, सुनिता गौतम, करण, अनिसको उत्कृष्ट अभिनय देख्न सकिन्छ । गीतको भिडियो रोनिस तामाङले ड्रोनले खिचेका हुन् भने उर्मिला लामाले मेकअपमा साथ दिएकी छन् । भिडियोलाई फुर्सद टाइम नामक युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । शब्द संगीत अनुसार भिडियोलाई निकै मेहनत गरेको देखिन्छ ।

https://www.youtube.com/watch?v=cPUQvpzQgLw

 

वि.सं.२०७७ असोज १३ मंगलवार १३:३१ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...