back
CTIZAN AD

तपाईको शरीरमा भिटामिन-ई को कमी छ भने खानुहोस् यी खानेकुरा

वि.सं.२०७७ असोज १६ शुक्रवार

3.6K 

shares

यदि तपाईको शरीरमा भिटामिन-ई को कमी छ भने यी खानेकुराबाट त्यसको पुर्ति गर्न सक्नुहुनेछ ।

एभोकाडो–यतिबेला एभोकाडोको सिजन छ । बजारमा तरकारी पसल या फलफूल पसलमा एभोकाडो छ्याप छ्याप्ती रुपमा बिक्रिका लागि राखिएको पाईन्छ । हाल ३ सय देखि ४ सय रुपैयाँ केजीमा एभोकाडो विक्रि भइरहेको छ । तर, असोजको अन्तिम या कात्तिकतिर यो २५० देखि ३०० रुपैयाँ केजीसम्म पाइन्छ । यतिबेला भिटामिन ईको कमी पूरा गर्न भरपूर मात्रामा एकभोकाडोलाई दैनिक रुपमा खानामा सामेल गर्न सकिन्छ ।

एभोकाडोको अनेक फाईदा छन् । यसमा सुगरको मात्रा निकै कम हुने र भरपुर रुपमा पोषकतत्व पनि पाइन्छ । १०० ग्राम एभोकाडोमा २.०७ मिलिग्राम भिटामिन–ई पाइन्छ । साथै एसमा पाइने भिटामिन सीले खाना पचाउन पनि सहयोग गर्दछ । एभोकाडोमा केरामा भन्दा बढी पोटासियम पाइने पनि स्वास्थ्यविज्ञ बताउँछन् ।


बदाम- भिटामिन ई को राम्रो स्रोतका रुपमा बदामलाई पनि लिइन्छ । यदि तपाई १०० ग्राम बदाम खानुहुन्छ भने त्यसबाट तपाईलाई २५.६३ मिलिग्राम भिटामिन ई मिल्छ । बदामलाई भिजाएर वा दूधमा मिसाएर खाँदा अत्यन्तै फाइदाजनक हुने पनि स्वास्थ्यविज्ञ बताउँछन् ।


पालक-भनिन्छ, हरियो तरकारी, साग, फलफूललगायतका खानेकुरा स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक हुन्छ । हरियो सागकै रुपमा लिइने पालक पनि शरीरलाई अति आवस्यक पर्ने भिटामिन र मिनलरको श्रोत हो । यसमा अत्यधिक मात्रामा भिटामिन-ई पाइन्छ । जसले हाम्रो शरीरमा दिनहुँ आवस्यक पर्ने १६ प्रतिशत पोषकतत्व यसबाट पूरा हुने पनि स्वास्थ्य विज्ञ बताउँछन् । १०० ग्राम पालकमा २.०३ मिलिग्राम भिटामिन-ई पाइन्छ ।


ब्रोकाउली-ब्रोकाउली प्रोटिनको राम्रो स्रोत हो । साथै यसमा भिटामिन-ई पनि भरपुरमात्रामा पाइन्छ । ब्रोकाउलीको सेवनले हाम्रो शरीरमा रहेको खराब कोलेष्ट्रोल पनि कम गर्न सहयोग गर्दछ । यदि तपाई ब्रोकाउलीलाई सुप बनाएर या सलादका रुपमा पनि खान सक्नुहुन्छ । उमालेर खाएको ब्रोकाउली स्वास्थ्यका लागि अत्यन्तै फाईदाजनक हुन्छ । यदि ब्रोकाउलीलाई कम तापमानमा पकाएर खाएमा यसमा रहेको पोषकत्व हराउँदैन ।

वि.सं.२०७७ असोज १६ शुक्रवार ०९:१० मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...