दुबईमा ज्यान गुमाएका रामेछाप जिल्ला रामेछाप नगरपालिका वडा नं ७ सिम्लेका रमेश कार्कीको परिवारलाई त्यहाँ कार्यरत नेपालीले आर्थिक सहयोग गरेका छन् । कार्की कार्यरत कम्पनीका नेपालीहरुले उठाएको AED 16077 (पाँच लाख ११ हजार ८७ रुपैयाँ) रकम पठाएका हुन् ।
७ वर्ष देखि दुबईको (SUME SECURITY GUARD MIDDLE EAST) कम्पनीमा कार्यरत कार्कीको अगष्ट १६, २०२० का दिन लास बेवारिसे अवस्थामा भेटिट्टएको थियो । लास नजिकै साथमा मोवाइल पर्स सम्बनधित देशको अधिकारीक आइडिकार्ड नभएको अबस्थामा लास फेला परेको थियो ।
वेवारिसे अबस्थामा फेला परेको उनको किन र कसरी हत्या भयो भन्ने विषयमा आबुधवि पुलिसले छानविन गरिरहेको सोही कम्पनीमा कार्यरत सामाजिक अभियान्ता ऋतु लो तामाङले जानकारी दिए। मृतक रमेश कार्कीको नेपालमा श्रीमती कल्पना कार्की, १५ वर्षीय छोरा निराजन कार्की, दीर्घरोगि आमाबाबा गरी जम्मा ४ सदस्य रहेका छन् ।
कार्की आफू घर जाने शिलशिलामा रहेकोले लामो समय परिवारलाइ खर्च नपठाएको अवस्थामा मृत्युको खबरले परिवारमा बज्रपात थपिएको छ । घरको आर्थिक अवस्था कमजोर रहेको मृतक रमेश कार्कीको श्रीमतीबाट जानकारी पाएपछि अब हामीले पनि केही सहयोग गर्नु पर्छ भन्ने भावनाका सहयोग जुटाउन लागिएको सोही कम्पनीमा कार्यरत श्रीऋतु लो तामाङले बताए ।
उनले अरु दुइ नेपाली दाजुभाइ रमेश पौडेल र ललित लुङगेलि मगरसंग समन्वय गरी मृतक रमेश कार्कीको छोरा निराजन कार्कीको हिमालयन बैंक खाता नं 04308980680017 मा सहयोग रकम पठाइएको पनि तामाङले जानकारी दिए ।
वि.सं.२०७७ असोज २० मंगलवार १५:२९ मा प्रकाशित






























