
असोज २४, काठमाडौँ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० लाख पुग्न लागेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६९ लाख ७७ हजार ८ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७ हजार ४ सय ५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७३ हजार १ सय ९६ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ९ सय २९ जनाको मृत्यु भएको छ ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमितको हुनेका संख्या ३ करोड ७१ लाख १० हजार ९ सय ८७ पुगेको छ भने १० लाख ७२ हजार ७ सय १२ जनाको मृत्यु भएको छ ।
वि.सं.२०७७ असोज २४ शनिवार ०९:१२ मा प्रकाशित