back

मङ्गलबारदेखि रुस्लान कप क्रिकेट

वि.सं.२०७३ पुस २३ शनिवार

441 

shares
GLOBAL IME AD
NTC AD

२३ पुस, काठमाडौँ । काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरको आयोजनामा रुस्लान कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण यही पुस २६ गतेदेखि सञ्चालन हुने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा देशभरबाट १६ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक समितिका कार्यकारी निर्देशक ज्ञानेन्द्र मल्लले शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल पुलिस क्लब, खहरे क्रिकेट क्लब धादिङ, एपिएफ धनगढी, न्यु होराइजन क्रिकेट क्लब भैरहवा तथा अनुभूति एजुकेसन फाउन्डेसन वीरगन्ज सहभागी हुने छन् ।

त्यसैगरी पिसी फाइटर ११, रोयल पिसी फाइटर, हिमालयन क्रिकेट एकेडेमी, न्यु राइजिङ स्टार, कुलेश्वर क्रिकेट क्लब, रुस्लान केसिटिसी, नेपाली राइनोज, हिमालयन ह्वाइट हाउस कलेज र नेपाल क्रिकेट स्कुलले पनि भाग लिनेछन् ।

प्रतियोगिताको विजेता टोलीले रु तीन लाख पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेताले रु दुई लाख प्राप्त गर्नेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु २५ हजार पाउनेछन् ।

त्यस्तै म्यान अफ दि सिरिज, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीले गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी माघ ४ गतेसम्म चल्नेछ ।

वि.सं.२०७३ पुस २३ शनिवार ०३:१० मा प्रकाशित

नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित

काठमाडौँ, ६ जेठ स् आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत...

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा

काठमाडौँ, ५ जेठ स् नेपालले पहिलो पटक आइसिसी महिला टी–२०...

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी कप महिला फुटबल आगामी असारमा

गण्डकी । प्रथम गण्डकी कप महिला फुटबल प्रतियोगिता आगामी असार...

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

चीनमा मानिस र रोबोटबिच दौड प्रतियोगिता

काठमाडौँ । चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन दौड भएको...

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता सुरु

काठमाडौँ । यस वर्षको ‘प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता २०८२’ आजदेखि...

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिकामा ‘अध्यक्ष कप-२०८२’ आयोजना गरिँदै

विहादी गाउँपालिका पर्वतले ‘गाउँपालिका अध्यक्ष कप–२०८२’ अन्तर्गत भलिबल प्रतियोगिता तथा...