back
CTIZAN AD

मङ्गलबारदेखि रुस्लान कप क्रिकेट

वि.सं.२०७३ पुस २३ शनिवार

885 

shares

२३ पुस, काठमाडौँ । काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरको आयोजनामा रुस्लान कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण यही पुस २६ गतेदेखि सञ्चालन हुने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा देशभरबाट १६ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक समितिका कार्यकारी निर्देशक ज्ञानेन्द्र मल्लले शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल पुलिस क्लब, खहरे क्रिकेट क्लब धादिङ, एपिएफ धनगढी, न्यु होराइजन क्रिकेट क्लब भैरहवा तथा अनुभूति एजुकेसन फाउन्डेसन वीरगन्ज सहभागी हुने छन् ।

त्यसैगरी पिसी फाइटर ११, रोयल पिसी फाइटर, हिमालयन क्रिकेट एकेडेमी, न्यु राइजिङ स्टार, कुलेश्वर क्रिकेट क्लब, रुस्लान केसिटिसी, नेपाली राइनोज, हिमालयन ह्वाइट हाउस कलेज र नेपाल क्रिकेट स्कुलले पनि भाग लिनेछन् ।

प्रतियोगिताको विजेता टोलीले रु तीन लाख पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेताले रु दुई लाख प्राप्त गर्नेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु २५ हजार पाउनेछन् ।

त्यस्तै म्यान अफ दि सिरिज, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीले गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी माघ ४ गतेसम्म चल्नेछ ।

वि.सं.२०७३ पुस २३ शनिवार ०३:१० मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...