
न कोलाहल छ
न भिडभाड छ
एउटा त्राश बोकेर आयो
मन मस्तिष्क छिचोल्दै
कोरोना कहर
पखाली रहेछु
खेलिरहेकैछु, पानीसँग
फेरिरहेकछु पानी कै स्वाद
मान्छे मान्छेलाई
सुसुचित गर्दै
घर आँगन र कोठामा
सिमित हराउदै
डरको आक्रान्त बिज रोपेर
रमाइरहेकै छ कोरोना
बन्दि बनाउदै
स्वतन्त्र हावा झै बेगले
तर्साउदै आउदैछ कोरोना
शक्ति, बल, यौवन
राजा रंक छोडेन
विज्ञानलाई चुनौती दीदै
लर्बरिदैछ कोरोना
प्रार्थना र इश्वर भक्तिमा
डराइरहेछ विश्व
लत्याइरहेछ, गिज्याइरहेछ
सधै शक्तिशाली कोरोना
घर सुरक्षा कवच हो
घर स्नेहको बृहद बृक्ष हो
छहारी हो डरको मुक्ति हो
बन्दाबन्दी भित्र पनि
ममता स्नेह बाडिरह्छु
आफ्नाहरु माँझ
चुनौतीको गीत गुन्गुनाइरहेछु
सामाजिक दुरी सिकाइरहेकै छु
हामी बाँचेर नै बचाउनु छ देश
वि.सं.२०७७ असोज २४ शनिवार १०:४३ मा प्रकाशित






























