नेपालीहरूको बाक्लो बसोबास रहेको ज्याक्सन हाइट एरियामा एल्म्हर्ष्ट अस्पताल क्विन्सको कम्युनिटी एडभाईजरी बोर्डमा नेपाली समुदायका मिलन कुमार शाहीको नियुक्ति भएको छ। नेपाली जनसम्पर्क समिति अमेरिकाका नेता वेद खरेलले सो कुराको जानकारी दिएका छन् ।
बिभिन्न समुदाय र अस्पताल बीचको सम्बन्धलाई मजबुत बनाउन र उपलब्ध स्वास्थ्य सेवा सम्बन्धि जानकारी ती समुदाय माझमा पुर्याउनको लागि स्थानीय न्युयोर्क सरकारले समुदायका अगुवाहरु मध्येकालाई अस्पतालको बोर्डमा नियुक्ति गर्ने प्रचलन अनुसार सामजिक अभियन्ता शाही नियुक्त गरिएका हुन् ।
हाल एल्म्हर्ष्ट अस्पतालमा उपचारको क्रममा दोभाषे मार्फत नेपाली भाषा समेत प्रयोग हुने भएकोले आम नेपाली समुदायको निम्ति स्वास्थ्य सेवा लिन अत्यन्तै सजिलो भएको भन्दै खरेलले शाहीको नियुक्तीले नेपाली समाजलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
वि.सं.२०७७ असोज २४ शनिवार १४:५८ मा प्रकाशित






























