back
CTIZAN AD

कुशल व्यवसायिक दक्षता तथा नेतृत्वका लागि अनिवार्य बन्दै एमविए कोर्ष

वि.सं.२०७७ असोज २६ सोमवार

1.3K 

shares

विकसित सुचना प्रविधिका कारण सम्पुर्ण विश्व नै एउटा सानो गाउँमा परिणत हुँदै गएको छ । विकास सँगै हरेक व्यवसायको क्षेत्रमा नयाँ नयाँ अवसर र चुनौतिहरु थपिइरहेका छन् । विकसित परिस्थितिले हरेक चुनौति सँग जुध्न सक्ने, समस्याको सामाधान गर्न सक्ने र नयाँ समस्याको सिघ्र पहिचान गर्नसक्ने व्यवसायिक बौद्धिकताको माग गरेको छ ।

विश्वविद्यालय तहको अध्ययनमा एमविए कोर्षले पछिल्लो विकसित सम्भावित नयाँ उद्यमका क्षेत्रको पहिचान, उद्यमको सिर्जना र त्यसको कुशल व्यवस्थापकिय नेतृत्व गर्नसक्ने दक्ष मेनपावरको उत्पादन गरिरहको छ । ०६२/०६३ को राजनैतिक परिवर्तन पश्चात देशमा विकास भएका नयाँ उद्योग, बैंकिङ क्षेत्र, अस्पताल, पर्यटन क्षेत्र, शैक्षिक क्षेत्र र व्यवसायिक क्षेत्रको सम्भावना पहिल्याउने र त्यसको व्यवस्थापन गर्ने कार्यमा एमविए कोर्षको महत्वपुर्ण योगदान रहेको तथ्यांकहरुले देखाइरहेका छन् । साथै बैदेशिक श्रम बजारले क्रमशः दक्ष कामदारको मागलाई वृद्धि गर्दै गइरहको सन्दर्भमा उच्च पारिश्रमिक सहितको बैदेशिक रोजगारिका लागि पनि एमविए अध्ययनको महत्व थप बढेर आएको छ ।

हिमालयन ह्वाइट हाउस ईन्टरनेशनल मार्फत नेपालमा एमविए कोर्षको शुरुवात

हिमालयन ह्वाइट हाउस ईन्टरनेशनल कलेज मार्फत पुर्वाअञ्चल विश्वविद्यालयले आज भन्दा २० वर्ष अगाडिदेखि नेपालमा एमविए कोर्षको अध्ययन अध्यापनको शुरुवात गरेको थियो । विश्वविद्यालय तहको अध्ययनमा अति आवश्यकताको महशुस भएपछि पछिल्लो समयमा भने नेपालका अरु विश्वविद्यालयहरुले पनि सो कोर्षको अध्यापनलाई अगाडि बढाएको पाइन्छ ।

कलेजका एकेडेमिक डाइरेक्टर तोयानारायण पौडेलका अनुसार पछिल्लो एक दशक यता एमविए कोर्षमा विद्यार्थिको आकर्षण अत्यन्तै बढ्दै गइरहको छ । सन्सारन्युजलाई प्रतिक्रिया दिँदै डाइरेक्टर पौडेल भन्छन्, ‘यो विषयको अध्ययन पश्चात विद्यार्थी एउटा दक्ष व्यवसायिक बौद्धिक नेतृत्वको रुपमा विकास हुन्छ । नयाँ व्यवसायिक सम्भावनालाई पनि पहिल्याउने काम गर्न सक्छ, साथै कुनै पनि सँस्था वा व्यवसायको सफल नेतृत्व वा व्यवस्थापन गर्ने हैसियत राख्दछ ।’

नेपालका विश्वविद्यालयहरुले पाठ्यक्रम र समय निर्धारण गर्न पाउने स्वायत्त अधिकार राख्दछन् । पुर्वाअञ्चल विश्विद्यालयबाट अनुमति लिएर एमविए कोर्षको अध्यापन गराउँदै आएको हिमालयन ह्वाइट हाउस ईन्टरनेशनल कलेजले ७० क्रेडिट आवरको समय अवधिमा विद्यार्थीलाई एमविए कोर्षको अध्यापन गराउँदै आएको छ । जुन समयलाई कलेजले चारवटा सेमेस्टरमा विभाजन गरेको छ ।

पहिलो सेमेस्टरमा कलेजले वित्तिय लेखा, बजार व्यवस्थापन, सँस्थागत व्यवहार र नेतृत्व, व्यवसायको लागि कानुनी वातावरण, आर्थिक व्यवस्थापकिय निर्णय, सुचनाको व्यवस्थापन र व्यवसायको अध्ययन सम्बन्धि अध्यापन गराउने कार्य गर्दछ । दोस्रो सेमेस्टरमा विद्यार्थिले लेखा व्यवस्थापन, वृहत अर्थशास्त्र र नीति निर्माण, वित्तिय व्यवस्थापन र विश्लेषण, मानव स्रोत व्यवस्थापन र व्यवसायको अध्ययन सँग सम्बन्धित विषयहरुको अध्ययन गर्दछन् ।

कलेजले १५ क्रेडिट घण्टाको समयमा तेस्रो सेमेस्टर अध्यापन गराउने गर्दछ, जसमा व्यवस्थापकिय सुचना प्राणाली र ईकमर्स, संगठन परिवर्तन र स्वरुप र रोजगार सम्बन्धि रहेका छन् । साथै कलेजका एकेडेमिक डाइरेक्टर तोयनारायण पौडेलका अनुसार चार ओटै सेमेस्टरहरुमा कलेजले सेमिनार र विशेष अभ्यास कक्षाहरुको सञ्चालन समेत गर्ने गर्छ, जसले विद्यार्थिलाई व्यवहारिक ज्ञान हासिल गर्न मद्दत गर्दछ । यसैगरि अन्तिम अथवा चौथो सेमेस्टरमा कलेजले रणनीतिक व्यवस्थापन, अन्र्तराष्ट्रिय व्यवसाय र विशेष अभ्यास कक्षाहरुको सञ्चालन गर्नुका साथै सेमिनारको विशिष्टिकरण गर्ने गर्दछ । विद्यार्थिहरुलाई चौथो सेमेस्टरको अध्ययनपश्चात ईन्टर्नसिपको लागि कलेजले विविध क्षेत्रमा अवसरको उपलब्ध गराउने कार्य गर्दछ ।

एमविएमार्फत स्वरोजगार वा दक्ष व्यवसायिक नेतृत्वको उत्पादन

हिमालयन ह्वाइट हाउस ईन्टरनेशनल कलेजको तथ्यांक अनुसार २० वर्ष अगाडिदेखि एमविए कोर्ष अध्ययन सकेका कुनै पनि विद्यार्थी वेरोजगार अवस्थामा छैनन् । बिधार्थीहरुले आफ्नो अध्ययन पश्चात आफैं व्यवसायको शुरुवात गरेका छन् वा मझौला वा ठुला व्यवसायको नेतृत्व गर्न पुगेका छन् ।

पछिल्लो समय सरकारी सेवामा रहेका र नेतृत्व क्षमताको विकास गर्न चाहने कर्मचारीहरुको समेत एमविए आकर्षित अध्ययनको विषय बन्दै गइरहेको छ । पछिल्लो समय सार्वजनिक, साझेदारी र निजी क्षेत्रबाट सञ्चालित मझौला वा ठुला व्यवसायको व्यवस्थापकिय तहमा काम गरेका अधिकांश व्यक्तिहरुको समेत रोजाइको विषय बनेको कलेजका एकेडेमिक डाइरेक्टर पौडेलले बताए ।

हिमालयन ह्वाइट हाउस एमविए

हिमालयन ह्वाइट हाउस ईन्टरनेशनल कलेजले २ सिजनमा विद्यार्थी भर्ना लिने र अध्यापन गराउने कार्य गर्दै आएको छ । वर्षे सिजनमा ३० जना र हिउँदे सिजनमा ३० जना विद्यार्थीले मात्रै अध्ययन गर्ने व्यवस्था रहेको कलेजले जनाएको छ । जसमा एमविए अध्ययन गर्न चाहने विद्यार्थीले स्नातक तहमा कम्तिमा ४५ प्रतिशत वा २.०० सिजिपिए प्राप्त गरेको हुनुपर्नेछ ।

हिमालयन ह्वाइट हाउस ईन्टरनेशनल कलेज नै किन एमविएको लागि ?

हिमालयन ह्वाइट हाउस ईन्टरनेशनल कलेज बिजनेश रिसर्च सेलमार्फत व्यवसायिक अनुसन्धान सम्बन्धि सीपहरु का लागि एसपिएसस र आरआरजस्ता तालिम हरु संचालन गर्दछ । बिआरइसी अर्धबार्षिक रुपमा जर्नल अफ बिजनेश एंड इकोनोमिक रिसर्च पनि प्रकाशन गर्दछ । कलेज ले बिधार्थीहरुको ब्यबसायिक तथा ब्यक्तित्व बिकाशका लागि म्यानेजमेन्ट डिभलोभ्मेन्ट प्रोग्राममार्फत २७ ओटा प्रोफेशनल तालिम कार्यक्रमहरु पनि संचालन गरेको छ । कलेजले नै पब्लिक स्पिकिंग र नेतृत्व विकासका लागि बेग्लै कल्वको व्यवस्था पनि गरेको छ ।

बिजनेश र स्टार्टअपका लागि बिजनेश इन्कुबेशनमार्फत विभिन्न व्यवसायीक तालिमहरु तथा व्यवसायिक पहुँच बृदृिकाे काम पनि अगाडी बढाइएको छ । कलेज ले सम्पूर्ण विद्दार्थीहरू तथा विभिन्न संघ सस्थामा आबद्ध कर्मचारी तथा व्यवसायीहरुलाई कोभिड–१९ को विषम परिस्थितिमा विश्वकै सर्बाधिक लोकप्रिय इ–लर्निङ्ग प्लेटफर्मसँगको सहकार्यमा विभिन्न अन्तर्रास्त्रिय स्तरका कोर्सहरु निशुल्क रुपमा अध्ययन गर्ने व्यवस्था गरेको छ ।

कलेजका भाइस प्रिन्सिपल तथा ग्राजुएट प्रोग्राम प्रमुख सुशील बुढाथोकीका अनुसार आजको विश्वमा प्रतिष्पर्धाभन्दा सहकार्य क्षमता अभिवृदी गर्दै विद्यार्थीहरुमा नेतृत्व विकास गरि ग्लोबल सिटिजनका रुपमा हरेक क्षेत्रमा योगदान पुर्याउन सक्ने मानसिकता र नेतृत्व विकास गर्नु नै कलेजको मुल उद्देश्य हो । कोभिड–१९ को विषम परिस्थिति मा माइक्रोसफ्ट जस्तो प्लेटफर्मसँग सहकार्य गरी अध्यन अध्यापन सहजता साथ संचालन गरिएको बुढाथोकीले बताए ।

(नाेट : यो सामाग्री प्रवर्धित सामग्री हो)

वि.सं.२०७७ असोज २६ सोमवार १५:०५ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...