back
CTIZAN AD

चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले प्रहरी र प्रशासनको सक्रियता

वि.सं.२०७७ असोज २६ सोमवार

585 

shares

२६ असोज, रुपन्देही । चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले रुपन्देहीसहित लुम्बिनी प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयले विशेष सुरक्षा योजना बनाएका छन् ।

चाडबाडको समयमा हुनसक्ने सम्भावित चोरी, डकैती, अपराधलगायतका घटना रोक्न प्रहरीसँगको समन्वयमा सुरक्षा योजना बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

प्रशासनले दशैँका समयमा सार्वजनिकस्थानमा नवदुर्गा भवानीको मूर्ति स्थापना गर्न, नाचगान गर्न तथा भीडभाड गर्न रोक लगाएको प्रजिअ घिमिरेले बताए जिल्ला प्रशासनले पर्व विशेष धार्मिक क्रियाकलाप गर्दा कोरोना भाइरस सङ्क्रमणको जोखिम अझ बढ्ने खतरा रहेकाले दैनिक नित्य पूजा बाहेक धार्मिक सांस्कृतिक क्रियाकलाप गर्न रोक लगाएको छ ।

चाडपर्वको समयमा यात्रा गर्दा यात्रु ठगिन नपरोस् भन्ने उद्देश्यले प्रहरीसँगको समन्वयमा बसपार्क तथा सीमा नाकामा हेल्प डेस्क राखिएको छ । चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि प्रहरीले पनि सुरक्षा सतर्कता बढाएको जनाएको छ ।

प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले प्रदेशको शान्ति सुरक्षाका लागि सबै जिल्लामा सुरक्षा व्यवस्था मजबुद बनाएको जानकारी दिए ।

प्रहरीले जिल्लाका होटलको अनुगमन गर्ने, १२ जिल्लाकै मुख्य शहरमा यात्रु हेल्पडेस्क स्थापना, कोभिड–१९ सुरक्षा मापदण्ड लागू भए नभएको अनुगमन, चाडपर्वमा दुर्घटना बढी हुने भएकाले मुख्य राजमार्गमा सुरक्षा जाँच गर्ने काम शुरु गरेको प्रवक्ता बैदवारले बताए ।

दशैँ तिहारका समयमा खेलिने जुवातास नियन्त्रण पटका पड्काउन नदिन र लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्न पनि प्रहरी परिचालन गरिएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाभित्र हुनसक्ने चोरी, डकैती, अपराधलगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि १४ बुँदे विशेष सुरक्षा योजना बनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाका अनुसार विशेष सुरक्षा योजना अन्तर्गत राजमार्गमा जाँच एम्बुस जाँच, डग स्न्यापिङ, विशेष टोली सादा पोशाकमा प्रहरी परिचालन, आकस्मिक जाँच, मोबाइल गस्ती, पैदलगस्ती, सिसिटिभी निगरानी, स्कटिङलगायतबाट सुरक्षा अवस्था निगरानी गरिने छ । रासस

वि.सं.२०७७ असोज २६ सोमवार १४:५३ मा प्रकाशित

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै...

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची । डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवद्र्धन गर्न ६०...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी प्रदेशको बजेट : यी हुन् प्राथमिकताका क्षेत्र

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले प्रदेशको शिक्षा र सामाजिक विकासका...