२६ असोज, काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको पार्किङ एरियाबाट सुन जस्तो देखिने पहेंलो धातु सहित अनिल पाण्डे पक्राउ परेका छन् । आइतबार दिउँसो करिब १ सय ५० ग्राम बराबरको ३ थान सुन जस्तो देखिने पहेंलो धातुको बाला सहित रुपन्देही कालिकानगर का पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।
यो पनि पढ्नुुस
सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका, डेढ किलोबाट १ किलो फाइन गोल्ड लेखिएको सुन जस्तो देखिने पहेलो धातु सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाह्रविसेका उमेश भन्ने भीम बहादुर तामाङ र अर्जुन तामाङ रहेका छन् ।
वि.सं.२०७७ असोज २६ सोमवार १४:५१ मा प्रकाशित





























