back
CTIZAN AD

लेखा परीक्षकलाई मुक्तिनाथले सहज कर्जा दिने

वि.सं.२०७७ असोज २६ सोमवार

669 

shares

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लेखापरीक्षकहरुलाई सहज रुपमा कर्जा प्रदानगर्ने बारेमा एक सम्झौता भएको गरेको छ । उक्त सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकले नेपाल अडिटर्स एशोसिएसन (अडान)मा आवद्ध आजीवन सदस्यहरुलाई विशेष छुट सहित प्रोफेशनल कर्जा प्रदान गर्नेछ ।

सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल अडिटर्स एशोसिएसको तर्फबाट एशोसिएसका अध्यक्ष मोहन रेग्मीले हस्ताक्षर गरेका छन् । यो सम्झौताअनुसार लेखापरीक्षक संघका आजीवन सदस्यहरुलाई कर्जा सेवाका अतिरिक्त बचत तथा डिजिटल बैंकिङ्ग सेवाहरु सहज रुपमा प्रदान गरिने भएकोले संघका सदस्यहरुलाई थप लाभ हुने अपेक्षा गरिएको छ ।

अडानले लेखा व्यवसायसँग सम्बन्धित लेखापरीक्षक एबं लेखा व्यवसायीहरुको हितका लागि बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय तालीम, गोष्ठी, सेमिनारहरु गर्दै आएको छ । संस्थाका ८ प्रदेश समिति, ६५ जिल्लाकार्यसमिति र एक केन्द्रियकार्य समिति रहेका छन् ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत बैकिङ्ग सेवा दिँदै आएको छ ।

वि.सं.२०७७ असोज २६ सोमवार १४:४८ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...