back
CTIZAN AD

ग्यापुको दशैतिहार धमाकामा ६० लाखसम्म क्यास ब्याक, सामाग्री खरिदमा ८० प्रतिशतसम्म छुट

वि.सं.२०७७ असोज २६ सोमवार

612 

shares

काठमाडाैं । लकडाउनमा सुरु भइ आक्रमक व्यापार गरिरहेको ग्यापु मार्केटप्लेसले ‘दशैँतिहार धमाका २०७७’ अन्तर्गत ६० लाखसम्मको क्यास ब्याक र ११ लाख रुपैयाँ बराबरको बम्पर उपहारको अफर सुरु भएको छ।

ग्यापुबाट सामान किन्नेले बम्पर उपहारमा टनवालको इलेक्ट्रिक स्कुटर, वासिङ मेसिन, रेड्मी नोट ९ ‘प्रो’, लोकल खसी, रिफ्रिरेजटर, डिजेआईको एक्सन क्यामेरा र ड्रोन ७ जनाले पाउने ग्यापुका सँस्थापक ज्ञानेन्द्र खड्काले बताए।

मंसिर ५ गतेसम्म लागु हुने ग्यापुको दशै तिहार धमाकामा सामान्न किन्ने उपभोक्ताले ८० प्रतिशतसम्म छुट पाउने खड्काले बताए। ग्यापुमा सपिङ गर्दा पहिला भन्दा सस्तो मुल्यमा सामान पाइने बताइएको छ ।

ग्यापुले प्रभु पे, सेल पे र एनआईसी एसिया बैकंसँगको सहकार्यमा क्यास ब्याक दिने जनाएको छ । अफर अन्तर्गत क्यासब्याक ६० लाख सम्मको रहेको खड्काले बताए। त्यस्तै सेल पे, फोन पे, प्रभु पे, इ–सेवासँगको सहकार्यमा अफर र डिस्काउन्ट दिने बताइएको छ।

त्यस्तै ग्यापुमा असोज २३ गते लाग्ने फ्ल्यास सेलमा सामान किन्ने उपभोक्ताले फोन पेको तर्फबाट बम्पर उपहार पाउनेछन्। फोन पे को तर्फबाट चार जनाले एयर कुलर, बाल्ट्रा जुसर ग्राण्डर कुइजर, होम थिएटर, मिनि पोर्टेबल इलेक्ट्रिक फ्रुट जुसर, लिकेज प्रुफ टिफिन बक्स पाउने छन्। त्यस्तै हरेक साता फोन पे को तर्फबाट १५ जनाले ५ सय बराबरको कुपन समेत पाउनेछन्।

त्यस्तै प्रभु पेको युजरले १० प्रतिशत (अधिकतम ५०० रुपैयाँ) क्यास ब्याक, हरेक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले एक वर्षको सब्सकृप्सन, सेट अप बक्स र इन्स्टलेसन सहित प्रभु टिभि दिने पाउने छन्। ग्यापुमा सामान्न किन्ने हरेक ग्राहकले प्रभु पेको तर्फबाट एक महिनाको सब्सकृप्सन सहित ओटिटि(मोबाइल टिभि) पाउनेछन्।

सेल पेबाट भुक्तानी गरी ग्यापुमा सामान किन्ने ग्राहकले १०० प्रतिशत क्यास ब्याक पाउने छन्। त्यस्तै,एनआइसी एसिया ब‌ैकंले पनि २० प्रतिशत क्यास ब्याक दिने भएकाे छ।

एक्सलट्रिप नेपाल, नेपाल ग्राम उद्योग, प्रान नेपाल, दि इसेन्सीयल लिभिङ, एभरेष्ट डक्च्यु, बाजेको सेकुवा, ब्रज ब्युटि र मामा मिया डेल्सको सहकार्यमा दैनिक दुई जनाले गिफ्ट पाउनेछन्। त्यस्तै धुलिखेल जिपलाइन, निफ एजुकेसन, फुलचोकी बुक्स, फिसिफिसि नेपालसँगको सहकार्यमा ग्यापुबाट हरेक साता एक जनाले उपहार पाउनेछन्।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ। ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे, सेल पे, आइएमइ पे, कनेक्ट आइपिएस, इ–सेवा र जुनसुकै बैकंको मोबाइल बैकिङ बाट पनि ‘क्यु आर’ कोड मार्फत भुक्तानी गर्न सक्छन्।

त्यस्तै डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्छ्न।

वि.सं.२०७७ असोज २६ सोमवार १५:१७ मा प्रकाशित

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...