२६ असोज, वाग्मती । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सडक निर्माणको क्षेत्रमा काम गर्ने नेपाली जनशक्तिको उल्येख्य वृद्धि भएको बताए ।
सडक कालोपत्र गर्ने काममा भारतीय तथा तेस्रो देशका मजदूरले मात्रै काम गर्ने गरेको बताउँदै मन्त्री फुयाँलले पछिल्ला दिनमा नेपाली सडकमा नेपाली मजदूर अझ महिलाको समेत सङ्ख्या बढ्दै गएको उल्लेख गरे ।
मन्त्री फुयाँलले अन्यत्र गएर विभिन्न प्रकारका मजदुरी गर्ने नेपाली कोरोना कहरका कारण थन्किएको अवस्थामा पूर्वाधार निर्माणका क्षेत्रमा थुप्रै जनशक्ति खपत गरिएको जानकारी दिए ।
ले केही दिनपहिले मात्रै शिलान्यास गरिएको काभ्रेका सडकमा महिला मजदूरले काम गरिरहेका देखिएको हेटौँडा–काठमाडौँका सडकमा समेत महिला–पुरुषले संयुक्त रूपमा काम गरिरहेका बताए ।
नेपालमा हुने विभिन्न काममा नेपाली जनशक्ति प्रयोग गर्न सकियो भने पनि बेरोजगारी समस्या समाधान हुने तथा विदेशिएका जनशक्तिलाई स्वदेशमै स्थापित गराउन सकिने उनको भनाइ थियो ।
उनले अटोमोबाइलको क्षेत्रमा भने अझै पनि नेपाली मिस्त्री तथा मजदूरको अभाव रहेकाले सरकारले त्यो पूर्ति गर्नका लागि विशेष योजना बनाएको बताए । मन्त्रालयले अटोभिलेजको निर्माण गर्ने र इच्छुक महिला–पुरुषलाई संयुक्त रुपमा अटो मेकानिक्सको तालीम दिने तयारी थालेको जानकारी दिए ।
मन्त्री फुयाँलले प्रदेश सरकार स्वदेशी श्रमिकलाई स्वदेशमै रोजगार उपलब्ध गराउन प्रयासरत रहेको बताए । रासस
वि.सं.२०७७ असोज २६ सोमवार १५:२० मा प्रकाशित





























