२७ असोज, काठमाडौं। बैंकिङ कसुर मुद्दाका लागि फरार रहेका राजेशबाबु श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । गोरखा नगरपालिका-६ का श्रेष्ठलाई प्रहरीले चितवन बाट पक्राउ गरेको हो ।
२०७७ जेठ ३० गते उच्च अदालत पाटनले १५ दिन कैद र ३४ लाख रुपैयाँ जरिवाना तोकेका फरार उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले चितवन रत्ननगरमा लुकिछिपी बसेको अवस्था बाट पक्राउ गरेको हो ।
उनले २०७५ सालमा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी एक महिलालाई भ्रममा पारी सापटी लिएको रकम फिर्ता गर्नकालागि बिभिन्न बैंकहरुको चेक काटी दिएको घटनामा उच्च अदालत पाटनले कैद तथा जरिवाना फैसला गरेको थियो ।
वि.सं.२०७७ असोज २७ मंगलवार १२:१६ मा प्रकाशित






























