back
CTIZAN AD

चाडबाड मुखैमा आइपुग्दासमेत खुलेन सुपथ मूल्य पसल

वि.सं.२०७७ असोज २७ मंगलवार

696 

shares

२७ असोज, बागलुङ । चाडबाड मुखैमा आइपुग्दासमेत यहाँ सुपथ मूल्य पसल खुल्न सकेको छैन । चिनी अभाव हुँदा पसल सञ्चालन गर्न नसकिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ बागलुङ कार्यालयले जनाएको छ । अघिल्ला वर्षहरुमा यतिञ्जेल पसल खुलिसक्थ्यो ।

ठूला पर्वलाई लक्षित गरी सञ्चालन गरिने सुपथ मूल्य पसलबाट उपभोक्ताले थोरै भए पनि राहत पाउँथे । “चिनी नआएकाले पसल खोल्न सकिएन”, कार्यालय प्रमुख मनोजकुमार श्रेष्ठले भने, “संस्थानमै चिनीको अभाव छ, स्टक भएका केही ठाउँमा पसल खुले पनि पर्याप्त छैन ।”

उनले भारतबाट चिनी खरिदको प्रक्रिया शुरु भएकाले जिल्लामा आउँदासाथ छोटो समयका लागि भए पनि सूपथ पसल सञ्चालन गरिने बताएका छन । “चिनी आउन अझै साता दिन बढी लाग्ने देखिन्छ, ढिलो गरी भए पनि उपभोक्तालाई सेवा दिन प्रयासरत छौँ”, उनले भने ।

चिनी उपलब्ध भएपछि भौतिक दूरी कायम गरी बिक्रीको प्रबन्ध मिलाइने प्रमुख श्रेष्ठले उल्लेख गरे। कार्यालयले बर्सेनि चाडबाडलाई लक्षित गरी बजार भाउभन्दा सस्तोमा चिनी, नुन बिक्री गर्दै आइरहेको छ । चिनीको भण्डारण रित्तिए पनि नुनको भने अभाव छैन । पसल खोलेर नुनमात्र बेच्दा प्रभावकारी नहुने कार्यालयको ठहर छ । सुपथ मूल्य पसल सञ्चालनमा आउँदा दैनिक सयौँ उपभोक्ताको लाम लाग्छ । भीड व्यवस्थापन र सेवा प्रवाहमा कर्मचारीलाई नै हम्मेहम्मे पर्छ । ज्यालादारीमा अतिरिक्त कर्मचारी नै राखेर सेवा दिने गरिएको कार्यालय प्रमुख श्रेष्ठको भनाइ छ । पसलमा करोडौँको कारोवार हुन्छ ।

राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले चिनी ल्याउन थप पहल गर्नुपर्ने बताए । “बजारमा चिनीको भाउ बढेको छ, यस्तो बेला सुपथ पसल खोल्न सके उपभोक्ताको हितमा हुन्थ्यो”, उनले भने, “हामीले पनि साल्ट ट्रेडिङ र जिल्ला प्रशासनलाई यो विषयमा ध्यानाकर्षण गराइरहेका छौँ ।”

काठमाडौँलगायत ठाउँमा खाद्य संस्थान र साल्ट ट्रेडिङले सुपथ पसल खोलेर उपभोक्तालाई सेवा दिइरहेको उनको भनाइ छ । दशैँअघि खुलेको पसल छठसम्म खुला हुने गर्छ । अध्यक्ष श्रेष्ठले चाडबाडका बेला हुने कालोबजारीलाई रोक्न बजार अनुगमन थालिएको बताउए । उनले उपभोक्ताको हित विपरीत कार्य गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए । रासस

वि.सं.२०७७ असोज २७ मंगलवार १२:१६ मा प्रकाशित

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...