back
CTIZAN AD

जग्गा उपलब्ध गराईदिने भन्दै ठगी गर्ने ८ जना पक्राउ

वि.सं.२०७७ असोज २७ मंगलवार

621 

shares

 २७ असोज, कास्की। नेपाल सरकार अव्यवस्थित सुकुम्वासी समाधान आयोग काठमाडौंका गण्डकी प्रदेश कार्य समितिका पदाधिकारी हौं भन्दै तीन सय रोपनी जग्गा उपलब्ध गराईदिने झुठ्ठा व्यहोरा देखाई ठगी गरेको अभियोगमा ८ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हिरा बहादुर तामाङ, रमेश कुमार परियार, ओम बहादुर सुनार, रिता विश्वकर्मा, पोखरा महानगरपालिका-१७ चोरसाघु बस्ने २२ वर्षीया सोनु परियार, सिता सुनार, हर्क बहादुर बिक र मौसम सदासंकर रहेका छन् । उनीहरुमध्ये हिरा, रमेश र ओमलाई पोखरा महानगरपालिका-१४ बाट, रिता, सिता, हर्क र मौसमलाई पोखरा महानगरपालिका-१३ बाट तथा सोनुलाई पोखरा महानगरपालिका-१७ बाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले झुठ्ठा व्यहोरा देखाई स्थानीय मानिसहरुलाई भ्रममन पारि पोखरा महानगरपालिका-१४ भोटे चौतारा एरियामा रहेको ३ सय रोपनी क्षेत्रफलमा घर जग्गा उपलब्ध गराईदिने र तत्कालै उक्त जग्गामा अमिन लगेर फिल्डमा नापजाँप गर्ने भनि रकम उठाएकाले जिल्ला प्रहरी कास्कीले उनीहरुलाई पक्राउ गरेको हो ।

वि.सं.२०७७ असोज २७ मंगलवार १२:३७ मा प्रकाशित

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...