२८ असोज, सुनसरी। ईमो मार्फत २५ लाख भारतीय रुपैयाँ चिठ्ठा पर्यो भनी नगद ठगी गर्ने सिराह बाट पक्राउ परेका छन् । सिरहा नगरपालिका-१२ का अरबिन्द्र कुमार कामतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
कामतीले सामाजिक सञ्जाल ईमो मार्फत शनिबार राति ईटहरि उपमहानगरपालिका-२ का एक पुरुषलाई फोन गरी “तपाईँ २०२० को ईमो लट्रि विजेता भई २५ लाख भारतीय रुपैयाँको हकदार हुनुभयो ।” भन्दै नेपाल सरकारलाई टयाक्स वुझाउन भनि आईएमईबाट अरबिन्द्र कुमार कामतीको नाममा २२ हजार ५ सय नेपाली रुपैयाँ पठाउन लगाएको तथा सो रकम पाएको केही समयपछि चेकमा सही गर्ने अधिकृतलाई पनि नेपाली ५५ हजार रुपैयाँ दिनुपर्ने भयो सोही नाममा पठाउन लगाएको प्रहरीले जानकारी दिएको छ । कामतीले आइतबार आइएमईबाट रकम लिई भागेको अवस्थामा सिरहामा बाट प्रहरीले पक्राउ गरेको हो ।
उनीलाई जिल्ला अदालत सुनसरीबाट ठगी मुद्दामा म्याद थप गरी अनुसन्धान प्रकृया भैई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनकारी दिएको छ ।
वि.सं.२०७७ असोज २८ बुधवार १२:२५ मा प्रकाशित






























