back
CTIZAN AD

जाडो महिनामा बढ्न सक्छ कोरोनाको खतरा, कसरी सामना गर्ने ?

वि.सं.२०७७ असोज २८ बुधवार

774 

shares

काठमाडौं । हालसम्म भएका सोध अनुसन्धानको निचोड चिसो समयमा कोरोना भाइरस (कोभिड–१९)को खतरा झन् बढ्ने भन्ने छ । जसको प्रमाण तापमान घटेसँगै पछिल्लो समय ह्वात्तै बढेको कोरोना संक्रमितको तथ्यांकले प्रष्ट देखाउँछ ।

पछिल्लो केहि दिन कोरोना संक्रमितको संख्या नेपालसहित सबै जसो देशमा नाटकीय रुपमा बढिरहेको छ ।

सोधकर्ताअनुसार चिसो मौसममा कोरोना भाइरसको फैलने खतरा बढि हुन्छ । चिसो मौसममा हावामा हुने आद्रताले कोरोना भाइरसलाई चलायमान हुन सहजता हुन्छ ।

हावामा आद्रता अधिक हुँदा संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्युँ गर्दा निक्लने पानीको कण सुक्न समय लाग्छ । जसकारण भाइरस तत्काल नष्ट हुँदैन् । जुन एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन सहज हुन्छ ।

कसरी जोगिने ?

चिकित्सक कोरोनाबाट जोगिन घरबाहिर अनावश्यक ननिस्कने र निक्लनु परे अत्यन्तै सावधानी पूर्वक निस्कनु पर्ने सुझाव दिन्छन् । सरसफाईमा ध्यान दिन र सामाजिक दुरीलाई विशेष ख्याल गर्न चिकित्सकको आग्रह छ ।

मास्क प्रयोगमा पनि उचित ध्यान दिनुपर्ने सुझाव चिकित्सकले राखेका छन् । साथै संक्रमणबाट जोगिन र संक्रमण भइहाले सुरक्षित रहन पनि खानपानमा विशेष ध्यान दिन चिकित्सकको आग्रह छ । जस्तो पाए त्यस्तै र जहाँ पाए त्यहिँ भोजन नगर्न चिकित्सकले सुझाब दिएका छन् ।

दैनिक भोजनमा औषधीय गुण भएका कतिपय मसलाको प्रयोग गर्न पनि चिकित्सकको आग्रह छ । जिरा, धनिया, कालो मरिज, अदुवा, लसुन र बेसारजस्ता मसलाको दैनिक प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन् । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ असोज २८ बुधवार १२:१९ मा प्रकाशित

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

१२औँ अन्तर्राष्ट्रिय योग दिवस विशाल मिलन वैज्ञानिक योग केन्द्रले मनायाे

काठमाडौं । १२औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंस्थित विशाल मिलन...

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...