
तिम्रो र मेरो इच्छा अनि बानी उस्तै उस्तै,
बिताएको समय र कहानी उस्तै उस्तै ।
बिगतको समयले लुट्नु लुटिसकेछ
पहिले थियो हाम्रो त्यो जवानी उस्तै उस्तै ।
तिमी सङ्ग रकम थियो म सङ्ग बिचार
मिलिजुली गर्ने हाम्रो लगानी उस्तै उस्तै ।
तिमीले भात खाँदा म गुन्द्रुक ढिंडो खान्थेँ
आखिर तिमीले र मैले खानी उस्तै उस्तै ।
धनी पनि मर्छन् हजुर गरीब नि मर्छन्
चितामा हुन्छ सबैको खरानी उस्तै उस्तै ।।
वि.सं.२०७७ कात्तिक १ शनिवार ०९:०९ मा प्रकाशित






























