back
CTIZAN AD

कोरोना रोकथामका लागि कटुवाल र माइकिङबाट सन्देश प्रवाह

वि.सं.२०७७ कात्तिक १ शनिवार

573 

shares

१ कात्तिक, म्याग्दी । कोभिड–१९ को रोकथामका लागि म्याग्दीका गाउँबस्तीमा कटुवाल र माइकिङ गरेर सन्देश प्रवाह गराइएको छ ।

इमेल, इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिका जस्ता आम सञ्चारमाध्यमको सहज पहुँच नभएका दुर्गम र विकट बस्तीमा कटुवाल परिचालन गरेर कोरोनासम्बन्धी सन्देश प्रवाह गराएका हुन् ।

कटुवालहरुले अतिआवश्यक कामबाहेक शहरबजारमा नजान, भेला नगर्न, साबुनपानीले हात धुन, शहरबाट आएकालाई अलग्गै बस्न, ज्वरो, रुघाखोकी लागेमा स्वास्थ्य संस्थामा जान अनुरोध गरिरहेका छन् । कोरोनाका बारेमा जानकारी गराउन कटुवाल हर्कजीत विश्वकर्मालाई घोक हाल्न (सबैले सुन्ने गरी चिच्याउन) लगाएको धवलागिरि गाउँपालिका–७ धारापानीका किरण थापाले बताए । बिरामी भएर पोखरा लगिएका धारापानीका ८६ वर्षीय वृद्धलाई बिहीबार कोरोना पुष्टि भएको थियो ।

“गाउँका सबैको घरमा सञ्चारमाध्यमको पहुँच नभएकाले ज्यालाबापत सिजन अनुसारका खाद्यान्न दिने गरी उनलाई कटुवाल नियुक्त गरिएको छ”, थापाले भने, “गाउँमा भेला, बैठक, खोप, वन, विद्यालय, विकास निर्माणको सूचना प्रवाह गराउने आधिकारिक व्यक्ति कटुवाल नै हुन् ।” कटुवाललाई सहज होस् भनेर अन्नपूर्ण गाउँपालिकाको वडा नं ६ को कार्यालयले एक थान ह्याड माइक उपलब्ध गराएको छ । वडाका जनप्रतिनिधिको निर्देशनानुसार सबै बस्तीमा पुगेर सूचना पु¥याउने गरेको कटुवाल पूर्ण परियारले बताए ।

घारका शिक्षक ठगराज बरुवालले कटुवालले प्रवाह गरेको सूचनालाई सबैले आधिकारिक मानेर विश्वास गर्ने गरेको बताए । म्याग्दीका प्रायः सबैजसो बस्तीमा कटुवाल राखिएको छ । गाउँमा श्रमदान, युवा, आमा, वन समूहको भेला, बैठक, खोपलगायत विभिन्न कार्यक्रम हुँदा यसैबाट सूचना प्रवाह गरिन्छ । गत चैतमा भएको बन्दाबन्दीको घोषणादेखि नै कटुवाल लगाएर वडा, गाउँपालिका, जिल्ला स्तरमा भएका निर्णयहरु सार्वजनिक गरिँदै आएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।

कतिपय ठाउँमा माइकिङ गरेर पनि सूचना प्रवाह गराएका छन् । सडक पुगेको बस्तीमा गाडीमा माइक राखेर कोरोना रोकथामका लागि गाउँपालिकाले तयार पारेको जिङ्गल ९अडियो सन्देश० बजाएका छन् । भित्री बस्ती र सडक नपुगेका ठाउँमा कटुवाललाई परिचालन गरिएको छ । कटुवालको काम गर्ने व्यक्ति अधिकांश दलित समुदायका छन् ।

कटुवाल काम गरेबापत सामुदायिक वनलगायत आन्तरिक स्रोतबाट तलबका साथै सिजनअनुसार बालीघरे प्रथाअनुसार गाउँलेबाट धान, गहुुँ कोदो, मकै ज्याला पाउँछन् । रासस

वि.सं.२०७७ कात्तिक १ शनिवार १३:४७ मा प्रकाशित

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...