back
CTIZAN AD

खोटाङमा उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत

वि.सं.२०७७ कात्तिक १ शनिवार

942 

shares

१ कात्तिक,खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कृत गरेको छ ।

नागरिकको शान्ति सुरक्षा एवं अपराध नियन्त्रणका क्रममा विभिन्न विधामा उत्कृष्ट काम गर्ने प्रहरीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय दिक्तेलमा आयोजित ६५औँ प्रहरी दिवसको अवसर पुरस्कृत गरिएको हो ।

ईलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक दिनेशप्रसाद खरेल, जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरी नायब निरीक्षक भीमबहादुर बस्नेत, अस्थायी प्रहरी चौकी तालखर्कमा कार्यरत प्रहरी सहायक निरीक्षक देवेन्द्रप्रसाद पौडेल, प्रहरी हवल्दार खेमप्रसाद बास्तोला, प्रहरी जवान अनिल नेपाली, रमेश बस्नेत र विमल कार्कीलाई पुरस्कृत गरिएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए ।

जिल्ला प्रहरी कार्यालय दिक्तेलमा आयोजित कार्यक्रममा उत्कृष्ट हुन सफल प्रहरीलाई जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरेको हो ।

जिल्लाका २८ जना अमर प्रहरी परिवारमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सरस्वती ठाकुर, सोही ठाउँका कमलादेवी आचार्य र वडा नम्बर–४ खाल्लेका लक्ष्मी श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताए ।

उनीहरुलाई सांसद विशाल भट्टराई र संविधासभा सदस्य एवम् नेकपाका केन्द्रीय सदस्य दुर्गाजयन्ती राईले सम्मान गरेका थिए । प्रहरीले विभिन्न माध्यमबाट आफ्नो अभियानमा सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र उद्योग वाणिज्य सङ्घलाई प्रशंसा–पत्र प्रदान गरेको छ ।

यस्तै, प्रहरीलाई निःशुल्क जग्गा प्रदान गरेकामा खोटेहाङ गाउँपालिका–८ सिम्पानीका रवीन्द्र खड्कालाई कदर–पत्रले सम्मान गरिएको छ । रासस

वि.सं.२०७७ कात्तिक १ शनिवार १४:२२ मा प्रकाशित

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...