back
CTIZAN AD

सालको पात बेचेर गुजारा चलाउने ‘भाइरल आमा’लाई सहयोग

वि.सं.२०७७ कात्तिक १ शनिवार

705 

shares

 १ कात्तिक, दमौली । बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधै माथि’ भन्ने नेपाली उखान निकै प्रचलित छ । यो उखान तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार बस्ने ७८ वर्षीया नन्दकुमारी दवाडीलाई पनि ठ्याक्कै मेल खान्छ ।

उनका १५ छोरा जन्मिए । १४ छोरा सानैमा बिते । बाँचेको एउटा छोराले पनि उनलाई हेरविचार गर्दैनन् । विवाह गरेपछि ससुरालितिरै बसे । दुःखसुख गरेर हुर्काएको छोराले पनि नहेरेपछि आराम गर्ने बेलामा उनी दमौली बजार आसपास सालको पात बेच्न हिँड्छन । “बचेको एउटामात्र छोरा थियो, त्यही पनि ससुरालितिर बस्छ”, उनले भने, “गुजारा गर्न सालको पात बेच्छु ।”

व्यास नगरपालिका–४ स्थित कालिका जङ्गलमा दुई तीन घण्टा लगाएर सालको पात टिप्ने अनि बजारमा ल्याएर बिक्री गर्ने उनको दैनिकी हो । दिनमा तीनचारवटा मुट्ठासम्म पात बिक्री गर्ने गरेको उनले जानकारी दिए । “दिनभर दमौली बजारमा विभिन्न ठाउँमा जान्छु, एउटा मुठोको रु ५० सम्म बिक्री हुन्छ”, उनले भनीन् ।

फेसबुकमा देखेपछि सहयोग

दवाडीका बारेमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष वसुन्धरा घर्तीले सामाजिक सञ्जालमा फेसबुकमा तस्बिर पोष्ट गर्नुभएपछि उनलाई सहयोग जुटेको छ । ग्रिन क्लिन आशिका फाउन्डेसनमार्फत दवाडीलाई दुई बोरा चामल, दाल, नुन, तेल, चियापत्तीलगायत पकाउने भाँडाकँुडा सहयोग गरिएको छ ।

उक्त सामग्री फाउन्डेसनका उपाध्यक्ष सन्दीप बस्नेतले शुक्रबार सहयोग सामग्री दवाडीलाई हस्तान्तरण गरे । सामाजिक अभियन्ता, नर्स एवं कलाकार आशिका तामाङ अध्यक्ष रहेको फाउन्डेसनले प्रत्येक महिना देशका विभिन्न स्थानमा आवश्यक पर्नेलाई सहयोग गर्दै आइरहेको छ । दशैँको पूर्वसन्ध्यामा खाद्यान्नलगायत सामग्री पाएपछि दवाडी खुशी हुएका छन ।

वि.सं.२०७७ कात्तिक १ शनिवार १४:४० मा प्रकाशित

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

पाल्हीनन्दन (नवलपरासी पश्चिम) । बर्दघाट सुस्तापश्चिम नवलपरासी क्षेत्रमा दुई हप्तादेखि...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

तानसेन (पाल्पा) । यहाँका महिला आत्मनिर्भर बन्ने उद्देश्यसहित सीप सिक्न...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...