back
CTIZAN AD

मिर्गौला रोगले पीडित राईलाई अमेरिकाबाट ६ लाख बढी आर्थिक सहयोग

वि.सं.२०७७ कात्तिक १२ बुधवार

588 

shares

मिर्गौला रोगले पीडित टिकाराम राईलाई अमेरिकाबाट ६ लाख ८ हजार सहयोग गरिएको छ ।

टेम्कैमैयुङ गाउँपालिका भोजपुर घर भइ दुवै मिर्गौलामा समस्या आएपछि हाल नखिपोट १४ मा डेरामा बसेर उपचार गराइरहेका राईलाई युनाइटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिकाको क्यालिफोर्निया च्याप्टरका सभापति जोरबिर राईको पहलमा छ लाख आठ हजार रुपैयाँ सहयोग संकलन गरेर पठाइएको हो ।

उक्त सहयोगका लागि जनजाति महासंघ क्यालिफोर्नियाका सभापति देव किराँत राई, किलन राई र टक्सन राईहरूले विशेष सहयोग गरेका थिए ।

उक्त सहयोग रकमका लागि सुसाना लामा राईले “Go Fund” तयार गरेर सहयोग गरेकी थिइन् भने राम खनाल, दुर्गा राई र समाजसेवी सोना शेर्पाले सबैलाई सहयोगको लागि आव्हान् गरेका थिए ।

सहयोगको क्रममा न्यूयोर्कस्थित लामा एकाउन्टिङ्गका मालिक नामगेल लामाले १ लाख २५ हजार सहयोग गरेका थिए । लामाले राईलाई मात्र नभएर अन्य विभिन्न समस्यामा परेकाहरुलाई समेत सहयोग गर्दै आएका छन् भने अमेरिकामा रहेका धेरै संगठनहरूलाई सहयोग गर्नेमा लामा अंग्रपंक्तिमा रहने व्यक्ति हुन् ।

लामाको उक्त सहयोग प्रति आभार व्यक्त गर्दै विरामी टिका राम राईले धन्यवाद दिएका थिए ।

यसैगरी न्यूयोर्कमा रहेका समाजसेवी हेम थापाले पनि नेपाली २३ हजार चारसय बराबरको सहयोग गरेका थिए । साथै अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले उक्त रकम सहयोग गरेका थिए ।

राईको उपचारका लागि संकलित उक्त सहयोग रकम न्युयोर्कबाट केशव राम राईले समाजसेवी भोलामणि हार्तम्छाली राईलाई अक्टोबर १८ मा पठाएका थिए ।

उक्त रकम कमला राईलाई हस्तान्तरण गरिएको छ । जुन सहयोग संकलन गर्नुको लागि समाजसेवी सीमा राईले पहल गरेकी छन् । किराँत राई अर्गनाइजेशन अफ अमेरिका क्यालिर्फोनिया च्याप्टरका सभापति जोर विर राईले किराँतराई यायोक्खा नेपालको केन्द्रीय समितिले कमला राईलाई रू १० हजार सहयोग गरेकोमा विशेष धन्यवाद दिएका छन् ।
किराँत राई यायोक्खाको केन्द्रीय सभापति दिवस राई किराँतले किराँत राई यायोक्खाको कार्यालय काठमाडौंमा उक्त रकम हस्तान्तरण गरेका थिए ।

सहयोग संकलनको लागि नेपालबाट समाजसेवी सीमा राईले किराँत राई यायोक्खा मार्फत विभिन्न देशमा अनुरोध गरेकी थिइन् । जसमा वर्तमान किराँत राई यायोक्खाको केन्द्रीय महासचिव जनक राईले विशेष सहयोग गरेको सीमाले बताइन् ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली सहकारी तथा बचतको अध्यक्ष समाजसेवी भोलामणि हार्तम्छाली राईका प्रतिनिधि दिपेश मगर तथा साकेला गाउँपालिका वार्ड नम्बर २ की श्रीमती मन्जु राई, रोमन फुयाँल, गायक अग्नि राई, रिदम अनलाइनकी संचालक सम्पदा लिम्बु र उनकी सहयोगी ऋतु राज लिम्बु तथा टिका राईका श्रीमती र छोराको उपस्थिति थियो ।

वि.सं.२०७७ कात्तिक १२ बुधवार ०९:०६ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...