back
CTIZAN AD

भारतीय सेनाध्यक्षको भ्रमण नेपालमा भन्दा भारतमा चाँसो

वि.सं.२०७७ कात्तिक १२ बुधवार

717 

shares

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल एम एम नरवणे आगामी कात्तिक १९ देखि नेपाल भ्रमणमा आउँदैछन् । उनी नेपाली सेनाको निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

नेपाली सेनाको औपचारिक निमन्त्रणा र कार्यक्रममा आउन लागेका सेनाध्यक्ष नरवणेको भ्रमणप्रति भने बेग्लै चाँसो बढेको छ । उनको भ्रमणप्रति नेपाल र भारत दुवैतिर चर्चा पनि बढ्न थालेको छ ।

दुई देशबीच चुलिँदै गएको विवादका बीच हुन लागेको भ्रमणलाई धेरैले अर्थपूर्णं रुपमा हेरेका छन् । यसैपनि सेनाध्यक्ष नरवणे नेपाल–भारत विवादमा चर्चामा आईरहने व्यक्ति भने हुन् ।

नेपालमा भन्दा भारतमा चाँसो

सेनाध्यक्ष नरवणेको भ्रमणप्रति नेपालमा भन्दा भारतमा चाँसो देखिएको छ । उनको भ्रमण कार्यक्रम र त्यसको अर्थबारे भारतीय मिडियामा समाचार तथा विश्लेषणहरुले व्यापकता पाएका छन् ।

कतिपय भारतीय सञ्चार माध्यमले नेपाल–भारतबीचको सीमा विवाद र नरवणेको भ्रमणलाई जोडेर चर्चा गरेका छन् भने कतिपयले रअ प्रमुखको भ्रमण र लगत्तै हुन लागेको सेनाध्यक्षको भ्रमणलाई अर्थपूर्णं रुपमा सम्प्रेषण गरेका छन् । धेरै भारतीय सञ्चार माध्यमले रअ प्रमुख सामन्तकुमार गोयलको भ्रमणसँग नरवणेको भ्रमणलाई जोडेका छन् ।

औपचारिक रुपमा नरवणेको भ्रमण नेपाली सेनाको आमन्त्रणमा परम्परागत रुपमा हुने भनिएपनि पछिल्ला विवादमा भ्रमणलाई जोडिएको देखिन्छ । भारतीय अनलाईन जि न्यूज, भास्कर, न्यूज एटिन, इण्डिया टुडे, नभभारत टाइम्सलगायले यस भ्रमणलाई आपसी विवाद समाधानको भ्रमणको रुपमा चित्रण गरेका छन् ।

गोयलको भ्रमणका कारण सेनाध्यक्ष नरवणेको भ्रमण चर्चामा

गत साता भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल नेपाल भ्रमणमा आएका थिए । उनले त्यस समय प्रधानमन्त्री केपी शर्मा ओलीदेखि शीर्ष राजनीतिक तहका नेतासँग विशेष भेटघाट गरेका थिए । जुन भ्रमण तथा भेटघाटप्रति नेपालमा निकै चाँसो र चर्चा छ ।

सत्तारुढ नेकपाभित्र गोयलको भ्रमणको कारण थप विवादसमेत जन्मिएको छ । कतिपय नेताहरुले गोयलको भ्रमणप्रति आपत्तिसमेत जनाएका छन् ।

रअप्रमुख गोयल फर्किए लगत्तै नरवणेको भ्रमण तय हुनुलाई नेपालमा धेरैले अन्य प्रश्नबाट समेत हेरेका छन् । जसलाई भारतीय मिडियाले पनि मसलाको रुपमा प्रयोग गरेको देखिन्छ । सेनाध्यक्ष नरवणे यसै पनि नेपाल–भारत विवादमा देखिने पात्र हुन् ।

नेपालविरुद्व आक्रामक प्रस्तुत हुने पात्र हुन् नरवणे

नेपाल–भारतबीचको सीमा विवाद चर्किदैं गर्दा सेनाध्यक्ष नरवणेले नेपालको खुबै विरोध गरेका थिए । नेपालविरुद्व अति नै आक्रामक अभिव्यक्ति दिएर नवरणे चर्चामा समेत आए । नरवणेले दिएको अभिव्यक्तिका कारण पनि नेपाल–भारत सम्बन्धमा देखिएको दरार ह्वात्तै बढेको थियो ।

गत मई ८ मा भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेकलगायतको क्षेत्रलाई समेट्दै सडकको उद्घाटन गरेका थिए । जसपश्चात दुई देशबीच चर्किएको विवादमा सेनाध्यक्ष नरवणेले ‘नेपाल कसैको इशारामा चलिरहेको’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । सेनाध्यक्षले सांकेतिक रुपमा नेपाल चीनको इशारामा चलेको बताएका थिए । जसको नेपालमा व्यापक विरोध भएको थियो ।

नेपाल मामिलामा विवादित पात्र बनेकै कारण सेनाध्यक्ष नरवणेको भ्रमणप्रति पनि विरोध हुन सक्ने सम्भावना छ । उनको भ्रमण तय भए लगत्तै केहि राजनीतिक दलका नेतृत्वकर्ताले भ्रमणप्रति विरोध गर्दै आफ्नो मत राखेका थिए ।

वि.सं.२०७७ कात्तिक १२ बुधवार १६:०५ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...