back
CTIZAN AD

दशै पछि खुलेको नेप्सेमा हरियाली, दाहोरो अंकको बृद्धि

वि.सं.२०७७ कात्तिक १२ बुधवार

741 

shares

काठमाडौं । दशैंको बिदा पछि बुधबार खुलेको सेयरकारोबार मापक नेप्सेमा हरियाली छाएको छ । बुधबारको परिसूचक दाहोरो अंकले बृद्धिहुँदा यस्तो अबस्था आएको हो ।

बुधबार नेप्से ४१.२ अंकले बढेर १६४७.४५ बिन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि ९.२१ अंकले बढेर ३२७.७६ बिन्दुमा पुगेको छ ।

आज सूचिकृत मध्ये १८८ कम्पनीको २ अर्ब ७२ करोड ५९ लाख ९४ हजार ६९ रुपैंयाँ बराबरको ९३ लाख २२ हजार ५ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । तिनको करोबारमा ४२ हजार ६ सय १८ पटक लेनदेन भएको छ ।

आजको कारोबारमा ब्यापार बाहेक सबै १२ वटै कम्पनी उपसूचक समूहको परिसूचक उकालो लागेको छ । ती मध्ये जीवन बीमा कम्पनी समूहको सूचक सबैभन्दा धेरै ११०.६८ अंकले बढेको छ ।

कम्पनी तर्फ सबैभन्दा धेरै प्राईम कमर्सियल बैंकका लगानीकर्ताहरुले (३०) कमाएका छन् । त्यस्तै नेपाल फाईनान्स (२०), सिटीजन्स बैंक लिमिटेड (२१) लगायतका लगानीकर्ताहरुले कमाउँदा विजया लघुबित्त(१८), जनरल ईन्स्योरेन्स(११)लगायतका लगानीकर्ताहरुले गुमाएका छन् ।

आजको कारोबारमा १३२ कम्पनीका लगानीकर्ताले कमाउँदा २५ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । त्यस्तै ११ कम्पनीको करोबारमा कूनै पनि परिवर्तन देखिएको छैन ।

वि.सं.२०७७ कात्तिक १२ बुधवार १५:५१ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...