back
CTIZAN AD

एक मुठ्ठी आकाश

वि.सं.२०७३ पुस २४ आइतवार

1.3K 

shares

shushila-adhikari

यशोधरा
म न सिद्धार्थ हुँ
न वुद्ध नै
शान्ति
मैले मेरो म भित्रको सपना
फुलाउन उठाएको गजुर हो ।
प्रीया

पृथ्वी निलेर
आकाशको च्यादर ओढ्ने
सपनाहरुको खातमा च्यापिएर
निस्सासिएको सामान्य मान्छे
निर्धनले सपना देख्ने
आँखा खोज्ने हुटहुटीले हुत्तिएर
चाहुरिएको अनुहारले
जून चुम्ने ओँठ कुद्न निस्किएँ
रोगले ढलेको जीवनमा
घाम च्यात्न थोरै उचालिए
अनि
मृत्युभित्र जीवन नचलाउन
ताल र बाजा भिरेँ
प्रीया,
मेरो मुटुको चारै कोठा
मैले बकसपत्र गरी
तिमीलाई दिन सकिन
र त
एछिट्टिएँ यो रातो अनि पहेँलो
जवरजस्त रङ्गहरुबाट ।
प्रीया,
तिम्रो जस्तो
मेरो सपना एक पोल्टोको थिएन
तब म निस्किएँ
मेरो भागको
मेरो सपनाको
मै भित्रको एक मुठ्ठी आकाश
हो प्रीया,
त्यो मेरो सपनाको
एक मुठ्ठी आकाश छुन
प्रीया मात्र
एक मुठ्ठी आकाश छुन ।

वि.सं.२०७३ पुस २४ आइतवार ०९:१६ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल,चितवन १. मनको मैलो बढार्नु घृणा, रिस सबैलाई...

कविता : जिब्रो बटार्ने सिसी

कविता : जिब्रो बटार्ने सिसी

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी निस्के बाघ बनेर...

कविता : मान्छे बनोस् कामना

कविता : मान्छे बनोस् कामना

अलख निरन्जन लोहार टीकापुर कैलाली,हाल - भारत आगामा जल प्राण...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

कविता : वृत्त महिमा

कविता : वृत्त महिमा

हृषीकेश बराल पोखरा -२६ , कास्की भाषा चल्छन्,गति यति लिई,अर्थ...

कविता : आमा नरोउन् अब

कविता : आमा नरोउन् अब

रामशरण न्यौपाने “पाँचघरे” भक्तपुर आमा हुन् घरकी दियो प्रखर जो...