back

अर्घाखाँची महोत्सब हुँदै

वि.सं.२०७३ पुस २४ आइतवार

558 

shares
IME Limited
NTC AD

mahotsab काठमाडौँ । अर्घाखाँची जिल्लाको समग्र बिकाशको आधार कृषि पर्यटन उधोग र ब्यापार, अर्घाखाँची महोत्सब तथा कृषि पर्यटन एबम औधोगिक ब्यापार मेला २०७३ यही आउदो पौष २८ गते देखि माघ ९ गते सम्म अर्घाखाँचीको सन्धिखर्कमा हुने भएको छ ।
लामो समयदेखि नेपालका विभिन्न जिल्लाहरुमा औधोगिक तथा व्यापार मेला गर्दै आएको सस्था औधोगिक शान्ति नेपाल सस्था र सामाजिक तथा अन्य क्षेत्रमा क्रियाशील रहदै आएको साहार शान्ति सामुदायिक बिकाश क्लबको संयुक्त आयोजनामा अर्घाखाची सन्धिखर्कमा अर्घाखाँची महोत्सब तथा कृषि पर्यटन एबम औधोगिक ब्यापार मेला २०७३ आयोजना हुन लागेको हो । अर्घाखाची आफैमा एक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपूर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले अर्घाखाँची जिल्लाको आन्तरिक तथा बाह्य पर्यटनमा बृद्धी गरि आर्थिक रुपले पनि मजबुत बनाउने र अर्घाखाँची जिल्लालाइ राष्ट्रिय तथा अन्तरास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने कुराको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष सन्दिप महतले गराए ।
उक्त महोत्सबमा अर्घाखाची डान्स आइडल तथा गायन प्रतिस्प्रधा समेत हुने भएको छ ।
उक्त मेलामा २ सय ५० भन्दा बेसी स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानहरु देखि लिएर लत्ता कपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका समानहरु, भाडाकुडाहरु, एकै ठाउमा सर्वसुलभ तरिकाले पाउने र त्यसैगरी अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समानहरु पनि उपलब्ध हुने र मेलामा बिक्रि वितरण गर्न राखिएको समानहरुमा २५ देखि ५० प्रतिसत सम्म छुटको ब्यबस्था छ भने मेलामा प्रवेश शुल््क रु ४० र रु ३० रहेको जानकारी पनि ब्यबस्थापन कमिटीले गराएको छ ।
अर्घाखाँची महोत्सब तथा कृषि पर्यटन एबम औधोगिक ब्यापार मेला २०७३ मा करिब ५ लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा ४ दर्जन भन्दा बेसी राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरन्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित भिडलाइ भरपुर मनोरंजन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी औधोगिक शान्ति नेपाल सस्थाका अध्यक्ष्य सन्दिप महतले गराए ।
उक्त मेला अबलोकन गरि आन्तरिक तथा बाह्य व्यापार ब्यबसाय र धार्मिक सास्कृतिक पर्यटनलाइ प्रबद्र्धन गर्न सम्पूर्ण नेपाली समुदायलाइ उहाले आव्हान पनि गर्नुभयो । औधोगिक शान्ति नेपाल संस्थामा अध्यक्ष्यमा सन्दिप महत, उपाधक्ष्यमा राज कुमार खड्का, महासचिबमा शंकर गुरुङ तथा कोषाधक्ष्यमा प्रितम मल्ल रहेको छन ।

वि.सं.२०७३ पुस २४ आइतवार ०९:२७ मा प्रकाशित

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

सरकारको एक वर्षः अर्थतन्त्रको शिथिलता अन्त्य गर्न कति सक्षम ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष साउन ६...

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम

सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम

काठमाडौँ । वर्तमान सरकार गठन भएको एक वर्ष भएको छ।...

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

वर्षाका कारण सुनसान बने यहाँका ‘होमस्टे’

ढोरपाटन, (बागलुङ) । बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि...

बुकीपाटनका पहाडै ढाकिने भेडाको बथान बन्यो पर्यटकको आकर्षण

बुकीपाटनका पहाडै ढाकिने भेडाको बथान बन्यो पर्यटकको आकर्षण

डम्मर बुढामगर, ढोरपाटन (बागलुङ) । बुकीपाटनको उत्तर पट्टी देखिने अनगिन्ती...

अन्नपूर्ण आधार शिविरमा जाने पर्यटक बढे

अन्नपूर्ण आधार शिविरमा जाने पर्यटक बढे

बेनी (म्याग्दी) । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम...

पर्यटक लोभ्याउँदै भुजुङ

पर्यटक लोभ्याउँदै भुजुङ

गण्डकी । ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका...