back

लघुकथाः म समीक्षाको भोको छैन

वि.सं.२०७७ कात्तिक १५ शनिवार

177 

shares
RBB AD
NTC AD

निर्दोष जीवनको मैया कथासङ्ग्रह पहिलो कृतिकोे रुपमा प्रकाशित भएको थाहा पाएपछि विभिन्न व्यक्तिका सङ्ग्रहहरुको समीक्षा लेखिरहने लेखरामले “निर्दोषजी तपाईको कथासङ्ग्रह पढ्न पाए भने पढेर मैले समीक्षा लेखेर कुनै न कुनै पत्रिकामा छपाउनेछु” भन्यो । “मेरो कथासङ्ग्रह फ्रि मा मैले कसैलाई दिन्न सर बरु मेरो कथासङ्ग्रहको समीक्षा हजुरले नगर्नुस् तपाई समीक्षक भएर यस्तो कुरा गर्न सुहाउंदैन सर” निर्दोष जीवनले भन्यो ।

“आजसम्म मैले तिनसय वटा सङ्ग्रहको समीक्षा लेखिसकेर विभिन्न पत्रिकाहरुमा प्रकाशित गरिसके । मेरो घरमा अग्रज साहित्यकारहरुले पनि मेरो कृतिको समीक्षा लेखिदिनु प¥यो भनेर नयाँ निस्केको सङ्ग्रह लिएर आउने गर्छन्” समीक्षक लेखरामले भन्यो ।

“मेरो कृतिको समीक्षा तपाईले लेख्न पर्दैन सर” निर्दोषले भन्यो । “त्यसो भए तपाईको कथासङ्ग्रहको समीक्षा म गर्दिन” समीक्षक लेखरामले भन्यो । “सर म हजुरलाई सम्मान गर्छु मेरो कथासङ्ग्रह किनेर पढेर समीक्षा गर्नुस्” निर्दोषले भन्यो ।

“मलाई तपाईको सम्मान चाहिदैन तपाईको सम्मानले म ठूलो मान्छे बन्दिन समीक्षक लेखरामले भन्यो । “म समीक्षाको भोको छैन” निर्दोषले रिसाउदै भन्यो । निर्दोषको कथासङ्ग्रह समीक्षक लेखरामलाई निर्दोषको नजिकको साथी महेशप्र्रसादले भेटेर दिदै “यो कथासङ्ग्रह धेरै राम्रो छ सर हजुरले समीक्षा पनि लेख्ने गर्नुहुन्छ यो कथासङ्ग्रहको समीक्षा लेखेर कुनै राम्रो पत्रिकामा दिनु है” भन्यो ।

“निर्दोषसंग मैले एकपटक भेट हुंदा समीक्षा लेख्न उसको कथासङ्ग्र्रह माग्दा म समीक्षाको भोको छैन भनेर उसले मलाई कथासङ्ग्रह दिन इच्छा गरेन त्यस्ता व्यक्तिको कथासङ्ग्रहको समीक्षा लेख्न सक्दिन” समीक्षक लेखरामले भन्यो ।

वि.सं.२०७७ कात्तिक १५ शनिवार ०८:५८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
बर्दघाट प्रज्ञा प्रतिष्ठान नवलपरासीद्वारा त्रिदिवसिय साहित्यिक कार्यक्रम आयोजना

बर्दघाट प्रज्ञा प्रतिष्ठान नवलपरासीद्वारा त्रिदिवसिय साहित्यिक कार्यक्रम आयोजना

नवलपरासी । साहित्य, संस्कृति र कला– पर्यटन प्रवर्द्धनका शृङ्खला नाराका...

कविता : अन्तिम गीत

कविता : अन्तिम गीत

बाबुराम न्यौपाने, दमक, झापा सगरमाथाको कञ्चन पानी पहाडी नागबेली घुम्ती...

सुसेली

सुसेली

रामचन्द्र दाहाल, कपन १. बेनी बजार सानो देश नेपाल ब्वाँसा...

टुक्का कविताहरू

टुक्का कविताहरू

सुरेशकुमार पाण्डे, दाङ, घोराही १. छाडौँ आजै कुनै छ भने...

गजल

गजल

केशवप्रसाद ढकाल ’प्रीतबीज’ सिरान्चोक–७, उपल्लो गोहोरे, गोरखा धरा धाम सारा...

गजल

गजल

उत्तम विचार, नुवाकोट हिजो राख्छु भन्थ्यो अधरमा उसैले पु¥याएर छाड्यो...