
घरमै बस्नु छैन जस्को बाहिरैं बास भयो,
गरिवको जिन्दगी नर्ककै आभास भयो ।
रगत र पसिना खर्चेर आर्कैको देशलाई,
सकिएन दुःख को झन ठुलो राश भयो ।
कहिले आएन सुःख शान्ति घरमा हाम्रो,
दुःख कष्ट गरिबको घर बाह्रै मास भयो ।
कहिले मलाया कहिले अरब को खाडी,
आर्काको देशमा मज्दुर को लाश भयो ।
मान्छेले आकासमा पलाट रोक्न थाले,
हाम्रो कथा लुगा फाटो एक गाश भयो ।
भन्छन जीवन भरी लाहूरको कमाई खै,
हाँस्दै भन्छु आफ्नो धर्ती आकाश भयो ।
चिउरी जस्तै निचोरेर खोष्ट बनायो यहाँ,
त्यसैले होला देश को माया खाश भयो ।
सेतेको कमाई त छोरा छोरी छन घर भरी,
बितायौँ जवानी र काल आस पाश भयो ।
वि.सं.२०७७ कात्तिक १५ शनिवार ०९:०० मा प्रकाशित






























